ललितपुरमा बस दुर्घटना, चालकसहित केही यात्रु घाइते

काठमाडौं । ललितपुरको बाहुनधारामा शनिबार बिहान बस दुर्घटना भएको छ । घटनामा केही घाइते छन् ।
लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा शनिबार बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरले दुर्घटनाको पुष्टि गर्दै चालकसहित केही यात्रु घाइते भएको जनाएको छ । उनीहरूलाई उद्धार गरी ललितपुरस्थित बिएण्डबी अस्पताल लगिएको छ ।
बसमा २४ जना सवार थिए । बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया