जलस्रोत तथा सिचाईं विभागका तत्कालिन महानिर्देशकविरुद्ध ३ करोड बढीको भष्टाचार मुद्दा
पत्नीका नाममा गैरकानुनी सम्पत्ति

काठमाडौं । जलस्रोत तथा सिचाईं विभागका तत्कालिन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले तीन करोड ८५ लाख ५१ हजार ७४० रूपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७९ भदौ ३१ गतेसम्मको आय र खर्चबारे अनुसन्धान गरेको थियो । २०५९ फागुन ३० देखि सेवा प्रवेश गरेका उनी हाल अवकाश प्राप्त हुन् ।
यो अवधीमा उनको खर्च तथा लगानी भने सात करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ देखिएको छ ।
वैधानिक स्रोत नखुलेपछि उनीविरूद्ध अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्रोत नखुलेको उक्त रकम बराबरको सम्पत्ति राजभण्डारीले पत्नी दीपा श्रेष्ठको नाममा खरिद गरेको जग्गा, घर निर्माण, कम्पनी लगानी, बिमा प्रिमियम भुक्तानी लगानीमा गरेको पाइएको छ । आयोगले उनकी श्रीमति दीपालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
आरोपी राजभण्डारी र उनकी श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया