राष्ट्रिय अनुसन्धान विभागलाई गृहको मातहतमा ल्याउने तयारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय अनुसन्धान(एनआइडी) लाई गृह मातहत ल्याउने तयारी भएको बताएका छन् ।
आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसलाई मन्त्रालय मातहत ल्याउनुपर्ने भनेर प्राप्त सुझावमा छलफल भएको जनाकारी दिएका हुन्।
‘सुझाव प्राप्त भएअनुसार नै के गर्न सकिन्छ, छलफल गर्नुपर्छ भनेर प्रधानमन्त्रीसँग प्रारम्भिक छलफल भएको छ । त्यसबारेमा हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्नेछौं,’ उनले भने ।
गृहकै मातहतमा रहेको राष्ट्रिय अनुसन्धानलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ल्याएका थिए ।
प्रतिक्रिया