NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

‘आरजु र सिटाैलालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन’ सम्बन्धी समाचार झुटो हो : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकी नेतृ ‘आरजु राणा र पूर्वगृहमन्त्री कृष्ण सिटाैलालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन’ प्रकाशित समाचारको खण्डन गरेको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै शरणार्थी प्रकरणको मुद्दा सम्बन्धित अदालतमा अभियोजन भइ पुर्पक्ष भइसकेको अवस्थामा भ्रमपूर्वक समाचार प्रकाशित गरेकोमा खण्डन गरिएको हो ।

उपप्रधानमन्त्री एवं गृह मन्त्रीले भ्रष्टाचारमा शून्य सहनशिलता देखाउन मातहतका प्रहरीलाई निर्देशन दिँदै आएका तर कुनै व्यक्तिप्रति लक्षित गरी कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ ।

उसले यस्ता भ्रमपूर्ण समचारले प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने र त्यसले अवाञ्छित गतिविधिमा लाग्ने समूहलाई नै फाइदा पुग्ने हुँदा समाचार प्रकाशनमा जिम्मेवार रहन आग्रह गरिएको छ ।

May be an image of text