NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले घरेलु टोलीलाई २५३ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा मलेसियालाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय इनिङ खेले भने ओपनरद्वय नीरज यादव र सुर्यांशु कोईरालाले ४४ बलमा ४१ रनको साझेदारी गरे । यादवले ४९ बलमा ६ चौका प्रहार गर्दै ४७ र कोइरालाले २३ बलमा १८ रन जोडे । त्यसैगरी, सन्तोष यादवले २६ र अशोक धामीले १२ रन बनाए ।

मलेसियाका मुहम्मद अक्रमले ३ तथा अरेन अकिल र मुहम्मद फदुलले समान १–१ विकेट झारे ।

ताजा अपडेट

नेपालवाच विशेष