NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

सीता दाहालको अन्त्येष्टि आजै, श्रद्धाञ्जलीका लागि शव पेरिसडाँडामा राखिने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा राखिने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले अहिले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सीताको शव पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने जनाएको छ ।

श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ ।

लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) रोगबाट पीडित दाहालको बुधबार बिहान ८ः३३ बजे ६१ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष