NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

सीता दाहाललाई श्रद्धाञ्जली दिन जाँदा दिएको अभिव्यक्तिले डा. तोषिमा विवादमा

भन्छिन्– भिडियो तोडमोड गरियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएपछि व्यक्त अभिव्यक्तिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्की विवादमा परेकी छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएपछि  सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ‘प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ । त्यसैले उहाँले ब्यालेन्स नै गर्नु भएजस्तो लाग्छ’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । साथै उनले सशस्त्र संघर्षमा ज्यान गुमाउनेको परिवारलाई हेरेर आफ्नो पीडा भुलाउन पनि प्रचण्डलाई सुझाएकी थिइन् ।

भिडियो सार्वजनिकपछि शोकमा परेको परिवारप्रति हदैसम्म असंवेदनशील भएको भन्दै उनको आलोचना भइरहेको छ ।

मृत्यु र शोकजस्तो विषयमा संवेदनशील बन्न नसकेको भन्दै आलोचित बनरिहेका बेला तोषिमाले भिडियो तोडमोड गरेर गलत प्रचार गरिएको स्पष्टीकरण दिएकी छन् । आफ्नो पूरै कुराकानी हेर्न र सुन्न आग्रह गर्दै उनले यसबाट पर्न गएको चोटप्रति क्षमा मागेकी छन् ।

‘म स्वयंले पेरिसडाँडामा राखिएको उहाँको सम्मानित पार्थीव शरीरमा फूल र श्रद्दा अर्पण गरेपछि केही मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु । साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कही कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु,’ तोषिमाले प्रष्टीकरण दिँदै सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस्तो छ तोषिमाले सीता दाहाललाई श्रद्धाञ्जली दिएपछि दिएको अभिव्यक्ति

ताजा अपडेट

नेपालवाच विशेष