NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रहरी अनुसन्धानमा सरकारले कुनै हस्तक्षेप गर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले गर्ने कुनै पनि अनुसन्धानहरूमा सरकारले हस्तक्षेप नगरेको र अबका दिनमा पनि नगर्ने बताएका छन् ।

भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा काण्डमा संलग्नको आरोपमा विभिन्न व्यक्तिहरू पक्राउ परिरहेका बेला उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

‘हामीले प्रहरीलाई फलानालाई पक्रनु, फलानालाई छाड्नु भनेका छैनौं । निर्दोष नफस्ने र दोषी नउम्किने गरी काम गर्न भनेका छौं । प्रहरीले त्यसैगरी काम गरेको छ,’ चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजपीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको दोहो–याए । संसदको अवरोध हटिसकेकाले त्यससम्बन्धी विधेयक अघि बढाइने उनको भनाइ छ ।

‘मिटरब्याजपीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ । विधेयक अघि बढाएर प्रभावकारी ढंगले काम गर्छौं,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

 

ताजा अपडेट

नेपालवाच विशेष