NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

बैंकिङ कसुरको अभियोगमा एमाले नेता यादव  पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता विजयबहादुर यादव बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।

यादवले गत माघमा उमाशंकर यादवलाई आफ्नो नामको १२ लाख २८ हजार रूपैयाँको चेक दिएका थिए । तर उक्त चेकमा रकम नरहेको भेटिएपछि उमाशंकरले विजयबहादुरविरुद्ध बैंकिङ कसुरको अभियोग लगाउँदै मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले यादवलाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ ।

यादव ०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा जसपाको तर्फबाट बाँकेको क्षेत्र नम्बर २ (१) को उम्मेदवार बनेकोमा निर्वाचित भएका थिए । पछि उनी प्रदेश सरकारमा सहभागी भए । पार्टी नीतिविपरीत सरकारमा सहभागी भएको आरोपमा जसपाले कारबाही गरेपछि उनी एमाले प्रवेश गरेका थिए । गत प्रदेशसभा निर्वाचनमा उनी एमालेबाट प्रतिस्पर्धामा उत्रिए पनि जसपाकै उम्मेदवारसँग पराजित बनेका थिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष