NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सुन प्रकरणमा मुछिएपछि मल्होत्राको स्पष्टोक्तिः मेरो संलग्नता छैन, कानुनी उपचारमा जान्छु

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

उक्त प्रकरणमा उनको संलग्नता भएको भन्दै समाचार प्रकाशन भएको थियो । उक्त समाचारको खण्डन गर्दै आज मल्होत्राले समाचारमा भनिएजस्तो कुनै पनि काममा आफ्नो भूमिका नरहेकोस्पष्ट पारेका हुन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले समाचार संस्था तथा पत्रकारले माफी नमागे आफू कानुनी उपचारमा जाने बताएका छन् । ‘यसबाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ । एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा के केसैको सार्वजनिक जीवनमा प्रहार गर्न, समाजमा स्थापित पहिचानलाई खल्बल्याउन पाइन्छ ?, ’ उनले भने ।

उनले समाचार लेख्दा आफूलाई सम्पर्क नगरेकोसमेत दाबी गरेका छन् ।

विमानस्थलबाट हिजो राजश्व अनुसन्धान विभागको टोलीले झण्डै सय किलो सुन बरामद गरेको थियो।

 

ताजा अपडेट

नेपालवाच विशेष