NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

उनको पक्राउ गैरकानुनी भएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

सोही रिटमाथि आज न्यायाधीश प्रकाशकुमार ढुंगामा र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

ललिता निवास जग्गा किर्ते प्रकरणमा उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष