अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीले खोज्दै

काठमाडौं। अधिवक्ता भगवती पाण्डे ’शीतल’ विरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
केही दिनअघि परेको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भगवतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
सोही अभिव्यक्तिलाई लिएर उनीविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
पाण्डेले एक टेलिभिजनसँगको अन्तर्वातामा हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन्।
पक्राउ पुर्जी जारीपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।
ताजा अपडेट
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
प्रतिक्रिया