बहिर्गमित लडाकुलाई जनही २ लाख दिने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं। सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको छ।
अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भई बहिर्गमनमा गएका पूर्व माओवादी लडाकुलाई जनही २ लाख रुपैयाँका दरले दिने सरकारले निर्णयविरुद्ध अधिवक्त ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दिएका थिए।
आरणले २०८० वैशाख ३१ गते दिएको रिटमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले यस्तो आदेश गरेको हो।
उक्त रिट पूर्ण इजलासमा सुनुवाइ हुन आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा सुनुवाइ गर्ने गरी पेसीको सूचना दिन इजलासले सर्वोच्च प्रशासनलाई आदेश दिएको हो।
प्रतिक्रिया