संसदमा एमालेको अवरोध कायमै, राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । अब अर्को बैठक साउन ३१ गते १ बजे बस्ने छ ।
शुक्रबारको बैठकमा पनि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको हो ।
त्यसक्रममा एमालेकी सांसद भगवती न्यौपानेले आफूहरुले सभ्य तरिकाले सदन अवरोध गरेको बताइन् । आफूहरुले जायज विषयहरुमा मात्रै सदनमा अवरोध गरिएको बताइन् ।
बैठकमा सत्तारुढ सांसदहरुले संसद अवरोध हुँदा जनजीविकाका विषय ओझेलमा परेको गूनासो गरेका छन् ।
नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी वेलवासेले सरकारमा हुँदा संसद विघटन गर्ने र विपक्षमा हुँदा अवरोध गर्ने यो के तरिका हो ? भनेर प्रश्न गरिन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया