NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सप्तकोशीमा ३४ वर्षपछिकै उच्च बहाव

सप्तरी । सप्तकोशी नदीमा यसवर्षकै उच्च पानीको बहाव मापन गरिएको छ । यो बहाव ३४ वर्षपछिकै उच्च रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सोमबार बिहान पानीको तह ४ लाख ६२ हजार ७१० क्युसेक मापन गरिएको हो । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

अहिलेसम्मको इतिहासमा सप्तकोशीमा सबैभन्दा बढी सन् १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।