अनिता देवीले लिइन् शपथ

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथग्रहण गरेकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।
जनमतलाई सरकारमा सहभागी गराउन यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाइएको हो । मोदीको ठाउँमा साहलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका दाहालसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन् ।
प्रतिक्रिया