NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यी हुन् मोदीको कार्यकालमा सामान्य प्रशासन मन्त्रालयमा भएका काम

काठमाडौं । ४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदी बिदा भएका छन् ।

मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे ।

उनले सार्वजनिक गरेको कार्यप्रगतिमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।

यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएकोलगायत कार्यप्रगति सार्वजनिक गरेका छन् ।