बालबालिकाको स्कुल ब्याग भारी छ ? हुनसक्छन् यस्ता जोखिम
एजेन्सी । बाटोमा हिँड्दा होस् वा बस स्टपमा हामी किताबको गह्रौं भारी बोकेर विद्यालय जाने विद्यार्थीको लर्को देख्ने गर्छौं । तर यस्ता भारी तौल बालबालिकाको लागि भने निकै जटिल बन्न सक्छ ।
यसले बालबालिकाको विकासमा नै असर गरिरहेको हुन्छ । स्वास्थ्य विज्ञका अनुसार तौल धेरै भएका झोला बोक्दा काँधसम्बन्धी समस्याका साथै ढाड तथा जोर्नी दुख्ने समस्या हुन जान्छ । सानैबाट नै बालबालिकामा काँध तल झर्ने हुन्छ । जसले ढाडको बनावटमा नै असर पुग्छ ।
दैनिक तौल बढी भएको झोला बोक्दा यसले बुढेसकालसम्म पनि ढाडको समस्या निम्याउने स्वास्थ्य विशेषज्ञ बताउँछन् । यस्तोमा बालबालिकाको शारीरीक सँगै मानसिक विकास रोकिन्छ । बालबालिकाले मात्रै नभइ अहिले युवा पनि कार्यालय तथा बाहिर आवश्यक साम्रगी राखेर तौल धेरै भएको झोला बोकेर हिँड्ने गर्छन् ।
उनीहरुमा पनि ढाडको समस्या आउन सक्छ । त्यसैले यस्ता समस्याबाट जोगिन अत्यावश्यक सामान मात्र झोलामा बोक्नुपर्छ । जसले झोलाको तौल नियन्त्रण हुन्छ भने मांसपेशी र जोर्नीको समस्या हुनबाट पनि जोगिन सकिन्छ ।
दैनिक गह्रौं झोलाले गदर्नको समस्या पनि आउँछ । २०१९ मा उत्तर अमेरिका, उत्तरी युरोप र इजरायलमा गरिएको एक अध्ययनले दैनिक ५.५ देखि ७ केजी तौलको झोला उठाउँदा ढाड दुखाइ, खुट्टा, टाउको र काँधमा दुखाइ सुरु हुने निश्कर्ष निक्लिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया