NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मोबाइल, ल्यापटपलगायतका उपकरणले आँखामा आउँछन् यस्ता समस्या 

एजेन्सी । अहिले व्यक्ति दैनिक कामले दिनको १० देखि १२ घण्टा ल्यापटप, कम्प्युटरसँगै मोबाइलमा बिताउँछन् । जसले व्यक्तिको आँखा दिनप्रतिदिन असर गरिरहेको छ ।

यसले आँखाको भित्री भागमा असर गर्नुका साथै बाहिर सतहमासमेत असर गरिहरको छ । यस्ता विद्युतिय उपकरणले आँखामा असर गर्छ भन्ने कुरा सबैलाई थाहा छ तर के तपाइले कहिले यस्ता उपकरणले आँखामा कसरी असर गर्छ भनेर सोच्नु भएको छ ? आखिर कसरी इलेक्ट्रोनिक स्क्रिनका कारण हाम्रो आँखा बिग्रन्छ ?

आउनुहोस् जानौं विद्युतिय उपकरको स्क्रिनले कसरी बिग्रन्छ आँखा

ब्रिटेनको बै्रडफोर्ड यूनिभर्सिटीकी असिस्टेन्ट प्रोफेसर नीमा घोरबानी मोजरादका अनुसार अफिसमा बैठक होस् वा अनलाइन अध्ययनका लागि फोन, ल्यापटप हरेकको जीवनमा महत्वपूर्ण भइसकेको छ । तर यसले आँखामा भने ठूलो क्षती पू-याउँछ ।  किनभने हामी जन्मदेखिनै दुरदर्शी छौं ।

जसले गर्दा हामीले नजिकको वस्तुलाई भन्दा टाढाको वस्तुलाई स्पष्ट देख्न सक्छौं । जसरी हामी बढ्दै जान्छौं । हाम्रा आखाँहरुले पूर्ण रुपमा दृष्टि प्राप्त गर्नका लागि भिजुअल दृश्य अनियन्त्रित र वंशाणु संकेतसँग प्रतिक्रिया गर्छ । जुन मान्छेमा मायोपिया हुन्छ । तीनीहरुको आँखाले कुनै प्रकारको समायोजन गर्न सक्षम हुँदैन ।

जसले गर्दा आँखाको लम्बाई बढ्दै जान्छ । सामान्य भाषामा भन्नुपर्दा आँखाको लेन्स र रेटिना बीचको दुरी बढ्दै जान्छ । असिस्टेन्ट प्रोफेसर नीमा मोजरादका अनुसार फोन तथा ल्यापटपको स्क्रिन हेर्दा लेन्स र रेटिनाको लम्बाई अथवा दुरी अझ बढ्न सक्छ ।

स्क्रिनले आँखालाई कसरी असर गर्छ ?

जब हामीले नजिकको कुरामा ध्यान केन्द्रित गर्छौ, सिलियरी मांसपेशी लेन्सको आकार अनुसार समायोजन हुन्छ । जसले गर्दा लेन्सको आकार स्फेरिकल (गोलाकार) हुन्छ । यसले रेटिनालाई बस्तुहरुमा ध्यान केन्द्रित गर्न मद्त गर्दछ ।

यसलाई सरल शब्दमा यसरी बुझ्न सकिन्छ कि सिलीरी मांसपेशीहरुमा अत्यधीक तनावको कारण तिनीहरु फैलिन थाल्छन् । यसले लेन्सलाई आफ्नो समतल आकारमा पुनः आकार दिने आँखाको क्षमतालाई कमजोर बनाउँछ । जसले रेटिनामा प्रकाश केन्द्रित गर्ने क्षमतामा स्थाई परिर्वतन ल्याउन सक्छ ।  जसले गर्दा कुनै वस्तु हेर्दा धमिलो देखिने गर्दछ ।

स्क्रिनमा काम गर्दा निलो फिल्टरको चश्माले आँखालाई बचाउदैँन

कम्प्युटर र मोबाइलको स्क्रिनमा घण्टौंसम्म काम गर्दा, आँखामा हुने तनावबाट बच्नको लागि अहिले ब्लुरे चश्माको माग बढ्दै गएको छ । तर, यस सम्बन्धमा धेरै अनुसन्धानहरुमा बैज्ञानिक प्रमाण फेला परेको छैन् । बिशेषज्ञका अनुसार निलो प्रकाशमा बास्तवमा आँखाको समस्यासँग कुनै सम्बन्ध छैन् ।

ब्लु रे चश्माले आँखाको समस्या कम गर्दैन् । लामो समयसम्म स्क्रिनमा बसेपछि टाउको दुख्ने, आँखा धमिलो हुने, आँखा पोल्ने जस्ता समस्याहरु आउने गर्छन् । जसलाई भिजन सिन्ड्रोम भनिन्छ ।

अमेरिकन एकेडेमि अफ अप्थाल्मोलोजिका डाक्टरका राज मारुती भन्छन्, यी चश्माले मस्तिष्कमा मेलाटोनिनको प्रभावलाई रोक्छ भन्ने प्रमाणहरु छन् । जसले गर्दा निद्रा नलाग्ने समस्या बढ्दछ ।

विज्ञहरुका अनुसार मोबाइल वा कम्प्युटरबाट निकै कम निलो प्रकाश निस्किन्छ ।  यदि तपाई ४ घण्टा भन्दा बढी मोबाइल वा कम्प्युटरको स्क्रिन अगाडि बिताउनुहुन्छ भने आँखाको लागि निकै घातक हुनसक्छ । जसलाइ  चश्माले पनि कम गर्न सक्दैन् ।