टिपटप समोसा पसललाई २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिले अखाद्य वस्तु बेचेको पाइएपछि टिपटप समोसा पसललाई जरिवाना तिराएको छ ।
अनुगमनको क्रममा काठमाडौं महानगर- १७ मा रहेको समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराइएका हो । पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएको थियो ।
अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको बताए ।
प्रतिक्रिया