सरकारसँग सहमति भएपछि शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध थालिएको शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको हो ।
शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् ।
शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ ।
प्रतिक्रिया