NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कार्यालय समयमा दैनिक योग–अभ्यास गर्ने गृह मन्त्रालयको परिपत्र विवादमा

काठमाडौं । दैनिक रुपमा कार्यालयमा योग–अभ्यास गर्न गृह मन्त्रालयले कर्मचारीलाई गरेको परिपत्र विवादमा परेको छ । सेवा प्रवाह गर्ने समयमा योग अभ्यास गर्नु गलत भएको धेरैले टिप्पणी गरेका छन् भने कर्मचारीले पनि यो व्यवहारिक नहुने प्रतिक्रिया दिएका छन् ।

गृह मन्त्रालयको परिपत्र

योगले सकारात्मक उर्जा दिने भन्दै गृह मन्त्रालय मातहतका अधिकृतस्तरका कर्मचारीलाई अनिवार्य १०ः१५ भित्र योग गर्न भनिएको छ । यस्तो परिपत्र बुधबार भएको हो । १० बजेदेखि सेवा सुरु गर्नुपर्नेमा योगका कारण १५ मिनेट प्रभावित हुने भएपछि गृह मन्त्रालयको यो परिपत्र विवादमा परेको छ । स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै निर्देशनअनुसार सो परिपत्र भएको हो । गृहकै योजनाअनुसार हाल कर्मचारी र सुरक्षाकर्मीलाई नियमित योग गराउन थालिएको छ । तर, सेवा प्रवाह नै प्रभावित हुने गरी योग गराउनु गलत भएको गृहकै कतिपय कर्मचारीको भनाई छ । कर्मचारीहरुले नै यो परिपत्रको सामाजिक सञ्जालमा गलत भएको भनेर टिप्पणी गरेका छन् ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष