NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बलात्कार घटनामा डिएसपीलाई ‘क्लिनचिट’ !

 

काठमाडौं । बलात्कार आरोपमा मुछिएका सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपककुमार रायले संगठनबाट क्लिनचिट पाएका छन् । थुनुवा महिलामाथि बलात्कार गरेको उजुरी उनीविरुद्ध परेको थियो ।

मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रवीण पोखरेल नेतृत्वको समितिले छानबिन गरेको थियो । समितिले गत साता छानबिन प्रतिवेदन जनक भट्टराईलाई प्रतिवेदन बुझाएको हो ।

विभिन्न कोणबाट छानबिन गर्दा बलात्कार भएको तथ्य नभेटिएको प्रतिवेदनमा उल्लेख छ । थुनुवा महिलासँग महिला प्रहरीसँगै डिएसपीको कार्यकक्षमा गएर निस्किएको सिसिक्यामेरामा देखिएको छ । पक्राउ परेकी महिलाले प्रहरीलाई बलात्कार मुद्दामा फसाइदिने भनेर त्यतीबेला उनीसँग पक्राउ परेका अन्य व्यक्तिसँग बताएकाले पनि प्रतिशोधस्वरुप उनले त्यस्तो आरोप लगाएको हुनसक्ने आँकलन गरिएको छ ।
आफ्नै श्रीमानको हत्या आरोपमा गत बैशाखमा पक्राउ परेकी एक महिलाले डिएसपी रायले आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छिन् । ती महिला हाल पुर्पक्षका लागि हाल जेलमा छिन् । बिमा रकम हात पार्न उनले अपराधीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो । एउटा कम्पनीबाट जीवनबिमाको रकम लिइसकेको र अर्काे कम्पनीबाट पनि ४० लाख लिने तयारी गरिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले पैसा निकाल्न पाइनन् । सोही प्रतिशोधमा उनले प्रहरीमाथि यस्तो आरोप लगाएको हुनसक्ने बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष