NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

तस्करीको थप तीन किलो सुन बरामद

दोलखा । प्रहरीले तस्करीको थप तीन किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–३ जामुनेबाट शुक्रबार सुन बरामद भएको हो ।

बुधबार पाँच जनालाई दोलखा प्रहरीले चार केजी सुनसहित पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा केशर तामाङको कोठामा लुकाएको अवस्थामा सुन बरामद भएको हो । यो सुन लामाबगर क्षेत्रको नाका हुँदै चीनबाट तस्करी भएको बताइएको छ । तस्करी गिरोहका थप व्यक्तिमाथि अनुसन्धान भइरहेको दोलखाका डिएसपी दिपक खड्काले बताए ।