NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

बालेनको कारबाहीमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेज

काठमाडौं । पेप्सी लगायत पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख जरिवाना गरेको छ ।

काठमाडौं महानगरले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको स्लाइस फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख जरिवाना गरेको हो ।

कामपा कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । उक्त जरिवाना रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ ।बरुण बेभरेज पेप्सी लगायत पेय पदार्थ उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो ।

पछिल्लो समय महानगरले बजार अनुगमनमा तिव्रता दिएको छ । मेयर बालेनले खाद्यान्नमा कालोबजारी गर्ने तथा म्याद सकिएको बिक्रि गर्नेलाई कारबाही गर्न निर्देशन दिदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष