NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

पूर्वसभामुख महरासँग सिआइबीले लियो बयान

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरासँग प्रहरीले बयान लिएको छ । बिद्युतीय चुरोटमा राखेर सुन तस्करी गरेको घटनामा संलग्न व्यक्तिसँग उनको संलग्नता देखिएपछि सिआइबीले उनीसँग बयान कागज गरेको हो ।

सोही घटनाको अनुसन्धानमा उनका छोरा राहुल एक महिनादेखि सिआइबी हिरासतमा छन् । विमानस्थलमा भन्सारले बरामद गरेको बिद्युतीय चुरोट छुटाउन महरा आफैंले फोन गरेका थिए । सो चुरोटभित्र सुन लुकाइएको थियो ।

पछि सुन चोरी भएपछि घटना बाहिर आएको हो । महराले भने एक चिनियाँले आफ्नो सामान भन्सारमा रोकिएपछि छुटाउनका लागि आफुले फोन गरेको तर सुनको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।

उनीविरुद्धको प्रष्ट प्रमाण नभएकाले थुनामा नराखी सिआइबीले बयान कागज गराएको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष