सुन तस्करीका नाइके चिनियाँ स्वयम्भुमा पक्राउ

काठमाडौं । चीनबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका प्रमुख पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले चिनियाँ नागरिक आगर लामालाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो ।
लामा दोलखा नाका हुँदै सुन तस्करी गराउन लगाउने व्यक्ति हुन् । चिनियाँ मुलका उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । दोलखामा बरामद ११ केजी सुन उनकै भएको खुलेको छ । यसअघि पनि सो घटनामा आठ जना पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया