पाँच सहसचिवको सरुवा, चार जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले पाँच सहसचिवको सरुवा गरेको छ । सरुवामा बाँके, सर्लाही, इलाम र दोलखाका सिडिओ फेरिएका छन् ।
इलाममा कार्यरत श्रवण कुमार पोखरेलको बाँके, दोलखामा कार्यरत कोमल प्रसाद धमालको सर्लाही, सर्लाहीमा कार्यरत इन्द्रदेव यादबको इलाम र गृह मन्त्रालयमा कार्यरत टुवराज पोखरेललाई दोलखामा सिडिओको जिम्मेवारीमा खटाइएको छ । बाँकेका सिडिओ विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । बाँकेमा पछिल्लो समय शान्ति सुरक्षाको अवस्था खस्किएपछि सिडिओ फेरिएका हुन् ।
प्रतिक्रिया