NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

राहुल महरा जेल चलान

काठमाडौं । सुन तस्करलाई सघाएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

आठ करोड ५५ लाख बिगो कायम गरी सिआइबीले सरकारी वकिलमार्फत उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, दावा छिरिङलाई पनि थुनामा राख्ने आदेश भएको छ । भने लोकेन्द्र पौडेलसँग भने पाँच लाख धरौटी माग भएको छ ।

बिद्युतीय चुरोटमा राखेर सुन तस्करी गर्ने चिनियाँलाई सघाएको भन्दै महरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको हो ।