NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

जान्नुहोस् मेनोपजबारे व्याप्त भ्रम र यथार्थ

एजेन्सी । मेनोपज एक प्राकृतिक अवस्था हो । महिनावारी भएका महिलाहरूको उमेर क्रमसँगै उनीहरूको सेक्स हर्मोनमा परिवर्तन आउँछ र मेनोपज हुन्छ । यो अवस्थामा अण्डाशयले हरेक महिना अण्डा उत्पादन गर्न बन्द गर्छ र एस्ट्रोजनको स्तर पनि घटाउँछ ।

मेनोपज सामान्यतया ४५ देखि ५५ वर्षको बीचमा सुरु हुन्छ । कतिपय महिलामा भने यो भन्दा चाँडो पनि हुन सक्छ । यदि महिलालाई लगातार १२ महिनासम्म महिनावारी नभएमा मेनोपज भएको मानिन्छ । यसले महिलाको प्रजनन क्षमता सकिएको संकेत गर्छ।

विश्वभर महिनावारी रोकिएको अर्थात मेनोपज भएको महिलाको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । सन् २०२१ मा ५० वर्ष वा सो त्यो भन्दा माथिका महिलाको जनसंख्या विश्वभरका कुल महिला र केटीहरूको २६ प्रतिशत थियो।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार १० वर्षअघि यो संख्या २२ प्रतिशत थियो। कुनै पनि महिलामा महिनावारी हुनु र सुक्नु सामान्य चरण हो । तर मेनोपजबारे समाजमा व्याप्त भ्रम छरिएका छन् ।

यस्ता छन् मनोपजबारे व्याप्त भ्रम र यथार्थ :

भ्रम

सबै महिलाको मेनोपज एउटै हुन्छ

यथार्थमा महिलाको हर्मोन परिवर्तन सामाजिक/सांस्कृतिक, जैविक र जीवनशैली जस्ता धेरै कारकहरुमा निर्भर गर्छ। यी परिवर्तनहरू जीवनशैलीसँग निर्भर हुन्छ । हरेक महिलाको मेनोपज उनीहरूको जीवनशैली अनुसार फरक–फरक हुन सक्छ ।

मेनोपज ५० वर्ष उमेर कटेपछि मात्र सुरु हुन्छ

यथार्थमा महिनावारी बन्द हुने औसत उमेर ५१ वर्ष हो । तर यो ४० देखि ६० वर्षको बीचमा जुनसुकै बेला सुरु हुन सक्छ। यो विभिन्न क्षेत्र र जातीय समूहहरूमा निर्भर गर्दछ।

मेनोपज हुँदा तौल बढ्छ

यथार्थमा मेनोपजको तौलसँग कुनै सम्बन्ध हुँदैन । बढ्दो उमेरसँगै शरीरको मेटाबोलिज्म सुस्त हुन्छ। त्यसैले मेनोपजमा तौलमा घडबढी हुन सक्छ तौल मेनोपजले गर्दा बढ्ने हुँदैन ।

शरीरको तापक्रम बढ्नु

यथार्थमा मेनोपज सुरु हुँदा शरीको तापक्रम बढेर अचानक शरीरमा तीव्र गर्मी महसुस गर्नु सामान्य हो तर यसले हरेक महिलालाई असर गर्दैन ।

यौन चाहना हराउँछ

मेनोपज हुँदा महिलामा यौन चाहना हराउँछ वा यौन इच्छा कम हुन्छ भन्ने भ्रम छ तर यो वास्तमा सत्य होइन् । मेनोपज हुँदा योनी सुख्खा हुने र तनाव बढ्न सक्छ । यसले भने यौन सम्बन्धलाई असर गर्न सक्छ ।