NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते
निजामती सेवाको अनुभव

स-साना शुरुवात ठूला उपलब्धिका आधार

डायरी लेख्ने चलन

२०६३–६४ तिरको कुरा हो । म, शङ्कर पाठक, महेन्द्र गुरागाई, अशोक झा, दिनेश राई, खगेन्द्र सुवेदी, रेणु श्रेष्ठ लगायतका साथीहरु लोकसेवा आयोगमा काम गथ्र्यौ । सहसचिव माधव ढकालको समन्वय र सम्वाद सीप पनि प्रभावकारी थियो । आयोग परिवार हार्दिकतामा बाधिएको महशुस हुुन्थ्यो । आयोगका पदाधिकारीमा अध्यक्ष तीर्थमान शाक्य मात्र हुनुहुन्थ्यो, सदस्यहरुको पद रिक्त थियो । त्यसैले आयोगको साप्ताहिक बैठक र अन्य बैठक एवम् अनौपचारिक छलफलमा उपसचिवसम्म उपस्थित हुुन्थ्यौं । आयोगले लिने महत्वूर्ण निर्णय र सरकारलाई दिने सुुझावहरु यिनै बैठकमा छलफल गरेर मात्र तय गरिन्थ्यो । छलफलमा सबै साथीहरु आआप्mनो धारणा स्पष्ट राख्ने वातावरण थियो ।

एक दिन तीर्थमान सरले हामीहरुलाई सामुहिक रुपमा भन्नु भयो–तपाईहरु सवैले अफिस आएदेखि दिनभरिका आफना सवै गतिविधिहरुको डायरी मेन्टेन गर्नुहोला । ससानो कुरा पनि टिप्नुहोला, जस्तो कि फोन गरेको, वासरुम गएको, खाजा खान क्यान्टिन गएको, बैठकमा भएका कुरा आदि । किन भनेर सोध्नु पनि पर्दैन । पछि आफै थाहा पाउनुहुन्छ ।

स्टोर शाखाका इन्चार्ज विष्णुमाणि काफ्लेले सबै अधिकृतलाई एक एक डायरी उपलव्ध गराउनु भो । त्यस दिनदेखि प्रत्येक दिन कार्यालयमा भएका, आफूले बैठकमा भाग लिई राखेका कुरा, छलफलको निष्कर्ष टिप्दै गएँ । अरु साथीले पनि टिपे होलान् । म आर्थिक प्रशासन शाखाको प्रमुख भएकोले आयोगले प्राप्त गरेका दैनिक आम्दानी र भएका खर्चको विवरण पनि डायरीमा राख्न थाले । आयोगको परीक्षा सञ्चालन खर्च, प्रश्न पत्र निर्माण खर्च, उत्तरपुस्तिका परीक्षण खर्च, अन्तरवार्ता विज्ञ खर्च, खाजा खर्च पनि डायरप्मा टिप्न थाले ।

इच्छा त थियो यी सबै खर्चलाई वेवसाइटमा राखेर पारदर्शी बनाउने । तर मेरो मात्र चाहनाले यो काम पूरा हुन सक्दैनथे । त्यसो नभएपनि मलाई आफ्नो काममा स्वयम् सूचित हुन र कुुनै कुरा बताउन पर्दा यसले अनौपचारिक स्रेस्ताको काम गर्दथ्यो । रियल टाइम ताजा जानकारी, बजेट र खर्चका विषयमा ताजा जानकारी भैरहन्थ्यो । हातको डायरीमा जानकारी हुनु एक प्रकारले दिमागमा जानकारी हुनु जत्तिकै हो ।

केही महिनापछि डायरी हेरेँ । कतिपय बैठकहरु खास अर्थका रहेनछन् । कतिपय बैठक–छलफलका निष्कर्षहरु कार्यान्वयनमा आएका रहेनछन् । यसले आफ्नै कामको समीक्षा गर्न, आयोगको कामका लागि सुुझाव दिन सघायो, शिक्षा दियो, सम्झना दिलायो, कतिपय कामका लागि घच्घच्यायो । त्यसपछि डायरीलाई अरु व्यवस्थित र सटिक बनाउन लागेँ ।

तीर्थमान सरले भन्नु भएको कुराले मलाई योजना आयोगमा धेरै संस्मरण राख्न र आयोजना कार्यक्रमलाई सम्झनामा राख्न, नीति विश्लेषणमा सुझाव र पृष्ठपोषण गर्न सघायो । पश्चिामाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक हुँदा सेवा प्रवाह सुधारको संयन्त्रहरु लागू गर्न, क्षेत्रीय प्रमुखहरुलाई निर्देशन दिन सघायो । निर्वाचन आयोगमा नयाँ संविधान जारीपछि पहिलो निर्वाचन गरी संविधान कार्यान्वयन गर्न सघायो ।

२०६५ को अन्ततिर सहसचिव भएपछि राष्ट्रिय योजना आयोगमा पदस्थापन भयो । आयोगले पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारी दियो । आयोगमा धेरै बैठक र छलफल हुने गर्दथे । बार्षिक विकास कार्यक्रम तर्जुमाको छलफल, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक, मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक, अनुुगमन तथा नीति विश्लेषणमा डायरीलाई उपयोग गर्दै गएँ ।

डायरीका धेरै पानाहरु नेता तथा प्रभुत्वशाली व्यक्तिबाट आयोजना माग भएको विवरणले भरिएको पाएँ । यसले अर्को शिक्षा दियो –कुन जिल्लाबाट कति आयोजना माग हुँदो रहेछ, नेताहरुको प्राथमिकता केमा पर्दोरहेछ, कूल विनियोजनमध्ये कति रकम कुन जिल्लामा जाँदो रहेछ, कार्यक्रम संशोधन कहाँबाट कहाँका लागि हुँदो रहेछ, कुन जिल्लाबाट विकास आयोजना मागको आवाज सिंहदरवार आइपुुग्दो रहेनछ जस्ता कुराहरु विश्लेषण गर्ने आधार दियो । यसलाई बजेट तर्जुमा मार्गदर्शन, विनियोजनको क्राइटेरिया, कार्यक्रम संशोधनको क्राइटेरिया, बहुवर्षीय आयोजना स्वीकृतिको क्राइटेरिया लगायतमा डायरीलाई उपयोग गर्ने अनौपचारिक आधार बनाउन सकियो ।

डायरी मेन्टेन गर्ने कुराले बैठक तथा बार्ताहरुलाई इन्पुटमा सघाउन थाल्यो । अघिल्लो बैठक तथा बार्ता कहिले भएको थियो, के कुरा राखिएको थियो, निष्कर्ष के थियो भन्ने जानकारी हातैको डायरीले दिने भयो । पछिल्ला वार्ता तथा बैठकलाई अर्थपूर्ण बनाउन पनि सघायो । नेपालजस्तो कमजोर अभिलेख व्यवस्थापन र न्यून संस्थागत सम्झना भएको मुलुकमा डायरी व्यवस्थापनले नीतिलाई व्यावहारिक बनाउन, नीतिनिर्णय रिभ्यू गर्न, तथ्यगत रुपमा प्रस्तुत हुन महत्व हुने बुुझ्दै गएँ । लोकसेवाबाट शुरु गरिएको डायरी मेन्टेन गर्ने बानीलाई सबै कार्यालयमा निरन्तरता दिएँ ।

पछिल्ला दिनमा डायरीविना मेरो औपचारिक उपस्थित नै भएन । भनौं, डायरी मेरो जागिरे जीवनको अभिन्न भाग बन्यो । डायरीमा राखिएका विवरणको तथ्यमा उभिएर कुरा राख्दा कतिपय अवस्थामा जोखिम पनि मोलेँ । अहिले दराजमा कोचिएका एकबोरा जति पाना भरिएका डायरी आफैमा अनौपचारिक इतिहास बनेका छन् । पहिला सुटकेश लिएर हिड्ने उच्च तहका कर्मचारीका हातमा आजभोलि डायरी रहने गरेको छ । कतिपय साथीहरुले त आइप्याडलाई डायरीका रुपमा प्रयोग गरिरहेका छन् । मलाई भने डायरी नै प्रयोग गर्न सहज र उपयोगी लाग्यो ।

निवृत्तपछिका फुर्सदका दिनमा वृत्तिअवधिलाई स्मृतिमा ल्याउन, सम्झना अनुभव बाड्न सघाएको छ । खास घटना छानेर आउने पिढीलाई शिक्षा दिने गरी अनुभवलाई पुस्तकाकारमा लैजाने सोच पनि छ । लोकसेवाका अध्यक्षज्यूले किन डायरी मेन्टेन गर भन्नु भएको हो बल्ल बुझ्दै आएको छु । ग्याजेटमा म त्यति अभ्यस्त नभएर पनि होला ।

अरु साथीले के गरे कुन्नि, मैले चाहि लोकसेवा आयोगदेखि सेवामा रहेसम्म करिव सोह–सत्र वर्ष लगातार डायरी मेन्टेन गरेँ । यसले व्यक्तिगत रुपमा मलाई धेरै सहयोग गरेको छ । पहिलो, महत्वपूर्ण क्रियाकलाप र छलफल अभिलेखित भएका छन् । अफिसमा भनेको बेलामा कुनै कुरा नभेटे पनि आफ्नै डायरीबाट निर्णय, सुझाव, तर्क, तथ्य सवै तत्काल थाहा पाउन सम्भव भयो । दोस्रो, तथ्य र जानकारीमाथिको परनिर्भरता पनि हटायो । तेस्रो, कुन काममा कति समय दिएँ, राष्ट्रलाई कति कति समय दिएँ भन्ने आफैलाई समीक्षा गर्न पनि सक्ने भयाइयो । चौथो, संस्थागत सम्झना सधै ताजा रहने भयो । पाँचौ, कर्मचारी भनेको जीवन्त इतिहास हो भन्ने कुरा पनि डायरीमार्फत पुष्टि गर्न सकियो । छैठौं, आफ्नो काममा आपूm सुसूचित हुन र आफैलाई समीक्षा गर्न पनि सकेजस्तो लाग्यो । सातौं, गर्न पर्ने र गर्न नसकिएका/नभ्याइएका कामहरुले आफैलाई गिज्याउने आधार पनि पाएँ ।

तीर्थमान सरले भन्नु भएको कुराले मलाई योजना आयोगमा धेरै संस्मरण राख्न र आयोजना कार्यक्रमलाई सम्झनामा राख्न, नीति विश्लेषणमा सुझाव र पृष्ठपोषण गर्न सघायो । पश्चिामाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक हुँदा सेवा प्रवाह सुधारको संयन्त्रहरु लागू गर्न, क्षेत्रीय प्रमुखहरुलाई निर्देशन दिन सघायो । निर्वाचन आयोगमा नयाँ संविधान जारीपछि पहिलो निर्वाचन गरी संविधान कार्यान्वयन गर्न सघायो । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सहकारी सुशासन र भूमि प्रशासन सुधार गर्न सघायो, गरिबी पहिचान गर्न सघायो ।

नेपाल सरकारको महालेखा नियन्त्रक हुँदा देशभरको होल अफ दी गर्भन्मेन्ट लेखा राख्न र साठी बर्षअघि शुरु गरिएको लेखा प्रणाली आमूल परिवर्तन गरी क्रियाकलापमा आधारित आधुनिक लेखा प्रणाली (सिगास) लागू गर्न सघायो, सम्पत्ति व्यवस्थापन प्रणाली तर्जुमा गर्न पनि सघायो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहँदा सुधारका काम गर्न सघायो । काम नदिई जगेडामा थन्क्याँइदा मैले के के गरेछु भनी आफ्नै मूल्याङ्कन गर्न सघायो ।

निवृत्तपछिका फुर्सदका दिनमा वृत्तिअवधिलाई स्मृतिमा ल्याउन, सम्झना अनुभव बाड्न सघाएको छ । खास घटना छानेर आउने पिढीलाई शिक्षा दिने गरी अनुभवलाई पुस्तकाकारमा लैजाने सोच पनि छ । लोकसेवाका अध्यक्षज्यूले किन डायरी मेन्टेन गर भन्नु भएको हो बल्ल बुझ्दै आएको छु ।

तर आजभोलि मोवाइलबाट साथीहरुको हातमा भएको डायरी उपेक्षित भएको छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, अन्य अनेकन अनलाइन सामग्रीले कर्मचारीलाई बैठकबाट बाहिर पु-याएको छ, कार्यस्थलबाट अन्यत्रै पु-याएको छ । यो प्रवृत्ति यही क्रममा बढ्दै जाँदा कर्मचारीलाई कामप्रतिको समर्पणबाट अलग्याउँदै लानेछ र उनीहरुबाट हुने निर्णय, बार्ता, बैठक तथ्यबाट पर पुुगी सार्वजनिक प्रशासनमाथि उठ्ने प्रश्न अरु खदिला हुने छन् ।

इभेन्ट मेनेजमेन्ट

अधिकांश केन्द्रीय स्तरका कार्यालयहरुमा दैनिकजसो एकभन्दा बढी नै बैठकहरु हुने गर्दछन् । बैठकहरु भैरहँदा समय व्यवस्थापन नभै कतिपय महत्वपूर्ण कार्यहरु सम्पादन नहुने हुन्छ । तर यस विषयमा खासै महत्व दिएर सोचिदैनथ्यो । बैठक लामो भै कामभन्दा ब्यक्तिगत कुराकानीमा पनि तन्किन्थ्यो ।

राष्ट्रिय योजना आयोगको सदस्य सचिवमा युुवराज भुुसाल आउनु भएपछि उहाँले मुख्य सचिवको अध्यक्षतामा हुने सचिव बैठकमा इभेन्ट मेनेजमेन्टको प्रस्ताव राखी सानो प्रस्तुति पनि गर्नु भएछ । सचिव बैठकले त्यसलाई औपचरिकता दिई कार्यान्वयनका लागि मन्त्रालयहरुमा पनि पठायो ।

विशेषतः अन्तराष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदार कार्यालयहरु गहकिलो खाजा पाकेट साथ उपस्थित हुन्थे, जुन आफैंमा लाजलाग्दो महशुस हुन्थ्यो । पाकेटको खाजा कसैले पूरा खान्थे, कसैले आधाआधी खाएर छाड्थे, कसैले छानेर खान्थे । यसले सरकारी रकमको दुुरुपयोग मात्र गरेको थिएन, खाद्य सुरक्षाको नेतृत्व लिने निकायले खाद्यवस्तुप्रति हेलचेक्राइ पनि गरेको थियो ।

इभेन्ट मेनेजमेन्टमा बैठक शुरु गर्ने, समयावधि निर्धारण गर्ने, छलफल र बुँदा टिपोट गर्ने र निष्कर्ष मजबुन तयार गर्ने कुराहरुको खाका थियो । सुन्दा यो सामान्य भएपनि बैठकको समय, विषयवस्तु र सहभागिता व्यवस्थापनमा निकै महत्व राख्दथ्यो ।

इभेन्ट मेनेजमेन्टको कार्यान्वयन राष्ट्रिय योजना आयोगबाट शुरु गरियो । आयोगमा नीति, योजना, समीक्षा, समन्वयका धेरै बैठकहरु हुने गर्दथे । बैठकका सहभागीको आउजाउ भैनै रहन्थ्यो । बैठक कक्षाको अभावमा कुनै बैठक विषयबस्तुमा गम्भीर रुपमा छलफल हन नपाउँदै सकिन्थ्यो, कतिपय बैठक लामो भएर विषयसन्दर्भबाट रुमल्लिन्थे । आयोगका पदाधिारीहरु पनि समय व्यवस्थापनमा महत्व दिदैनथे ।

ठूला व्यक्ति ढिलो आउने मनोविज्ञान त्यहाँ पनि देखिन्थ्यो । यिनै कुरालाई सन्दर्भमा राखेर आयोगमा हुने बैठकलाई चार वर्गमा विभाजित गरियो । आधा घण्टे बैठक, एक घण्टे बैठक, डेढ घण्टे बैठक र दुुई घण्टे बैठक । बैठकको गाम्भीर्यता र सहभागिताका आधारमा बैठक शुरु हुनुअघि बैठक हलको अगिल्तिरको ठूलो सेतो बोर्डमा समयसीमा डिस्प्ले गरिन्थ्यो । सबैको आँखा बोर्डमा परेपछि समयमै बैठक सम्पन्न गर्न, बैठक व्यवस्थित गर्न सबैमा दवाव पर्दथ्यो ।

चोखो खाजा मलाई

युवराज भुसाल नै आयोगमा सदस्य सचिव भएको समयमा अर्को एक अभियान शुरु गरियो, त्यो थियो खाजा व्यवस्थापनको । आयोगका बैठकमा फास्टफुड रेष्टुरा/होटेलबाट पाकेट खाजा मगाउने चलन थियो । कतिपय बैठकमा आयोजक संस्थाले नै खाजाका पाकेट पनि ल्याउने गर्थे । विशेषतः अन्तराष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदार कार्यालयहरु गहकिलो खाजा पाकेट साथ उपस्थित हुन्थे, जुन आफैंमा लाजलाग्दो महशुस हुन्थ्यो । पाकेटको खाजा कसैले पूरा खान्थे, कसैले आधाआधी खाएर छाड्थे, कसैले छानेर खान्थे । यसले सरकारी रकमको दुुरुपयोग मात्र गरेको थिएन, खाद्य सुरक्षाको नेतृत्व लिने निकायले खाद्यवस्तुप्रति हेलचेक्राइ पनि गरेको थियो ।

बैठकमा बाह्य संस्था र विकास साझेदारबाट खाजा ल्याउने चलनलाई विस्तारै हटाउँदै लगिएको थियो । आवश्यक पर्दा आयोगले नै खाजा व्यवस्था गर्ने काम भयो । खाजा पनि नहुँदा सहभागिता एकदमै कम हुन्थ्यो, जरा गाडेको परम्परालाई एकैचोटि तोड्न पनि सकिदैनथियो ।

सचिवज्यूले स्टोर किपरलाई चारवटा बन्द गर्न मिल्ने स्टीलका ट्रे र चारवटा साना चिम्टा किन्न निर्देशन दिनुभयो । हटकेशजस्ता बन्द गर्न मिल्ने ट्रेमा चोखो खाजा मलाई भनेर लेख्न लगाई चिम्टा सहितका ट्रेहरु बैठकको ठूलो टेवुलको चार भागमा राख्न लगाउनुभो । त्यसपछिका दिनमा खाजाका पाकेट खोलेपछि आफूलाई बढी हुने र खान मन नलाग्ने खाजाका आइटम चिम्टाले ट्रेमा राख्ने काम भयो ।

सुुगर पीडित सहभागीहरु मिठाइका आइटम ट्रेमा राख्थे, चिसो नखानेले फ्रुटी, फलफूलहरु राख्थे, कसैले मिठाई राखेर फलफूल लिन्थे । बाँकी रहेको चोखो खाजा कार्यालय सहयोगीहरुले उपयोग गर्थे । यसरी खाजा त्यत्तिकै फालिने काम बन्द हुन गयो । २०७२ बैशाखमा गएको दोस्रो भूकम्प (२९ गते) बाट आयोगको कार्यालय सिंहदरवार मूल भवनबाट साविकको मुद्रण विभागमा सरेपछि यो परम्पराले निरन्तरता पाएन । आयोग लगायत धेरै बैठक हुने निकायमा अहिले पनि यसको आवश्यकता उत्तिकै छ ।

शुक्रबारे प्रस्तुति

२०६८–७२ मा राष्ट्रिय योजना आयोगमा अर्को असल अभ्यास पनि शुरु गरियो–फ्राइडे प्रिजेन्टेशनका नाममा । नीति योजनाको सर्वोच्च निकाय आयोगलाई ज्ञान निर्माण तथा अनुुभव विनिमयको पनि जीवन्त संस्था बनाउने आशयका साथ यो अभियान शुरु गरिएको थियो । शुक्रवार अन्य दिनभन्दा दुुई घण्टा अघि नै छुट्टी हुने भएकोले एक घण्टा आयोग र आफ्नै भ्यालु एडमा खर्च गर्न स्टाफ बैठकमा प्रस्ताव गरिएपछि धेरैजसो अधिकृत कर्मचारीले यसलाई साथ दिए ।

धेरैजसो सहसचिवले भने खासै चाख देखाएनन् । मैले मात्र आयोजकको भूमिकामा रहनु प-यो । शुरुमा लोकसेवा आयोगको परीक्षा तयारी गर्ने साथीहरुबीच प्रिय यो कार्यक्रमले विस्तारै महत्व पायो । समय पनि तन्किएर चार बजेसम्म पुुग्न थाल्यो । लोकसेवाको प्रतिस्पर्धात्मक परीक्षामा यसका सहभागी धेरै उत्तिर्ण भएकाले कसैले यो कार्यक्रमको विरुद्ध उजुरी पनि गरेछ, उद्देश्य र विषयबस्तु खुलाएर स्पष्टीकरण पनि दिन प-यो ।

प्रस्तुतिका विषय राष्ट्रिय योजना, नीति, असल अभ्यासमा आफूले जानेको, बुुझेको विषय कायम गरियो । आयोगका कर्मचारी विदेशका विभिन्न कार्यक्रममा भाग लिन, अध्ययन गर्न, अवलोकन गर्न जाने गर्दथे भने स्वदेशभित्र पनि विशेष महत्वका कार्यक्रमको समस्या, उपलव्धि जस्ता विषयहरु फ्राइडे व्रिजेन्टेशनमा स्थान उाने गर्दथे । यसले दुुई कुराको फाइदा हुन गयो । पहिलो विदेश/स्वदेशका अनुुभव र अभ्यासबाट हामीहरु सबै लाभान्वीत हुने पायौं । दोस्रो, शुक्रवारे प्रस्तुतिमा आफूले सबै अधिकृत साथीहरुलाई बताउन पर्ने भएपछि भ्रमण, अवलोकन र सिकाइमा साथीहरु गम्भीर हुने थाले । एक प्रकारले सिर्जनात्मक तनाव प्रस्तुतकर्तामा हुने भयो । यसले आयोग र कर्मचारी दुवै भ्यालुएडमा पुुग्ने वातावरण बन्यो । संस्थागत सिकाइ सबैको हो भन्ने भावना पनि केही हदमा विस्तार भयो ।

शुक्रवारे प्रस्तुुतिले महत्व पाएपछि मुलुकभित्र (र बाहिर पनि) उदाहरणीय रुपमा कुनै क्षेत्रमा काम गरेका, अनुुभव कमाएका, योगदान दिएका व्यक्तिहरुलाई आमन्त्रण गरी अनुुभव बाँड्ने काम अघि बढाइयो । आफ्ना दुई छोरा (कुमार र बलराम) सबारी दर्घटनामा गुमाएपछि समाज सेवामा जीवन अर्पेर सैयौं गरिब तथा बञ्चितीमा परको व्यक्तिको उत्थान, बालबालिकालाई निशुल्क स्तरीय शिक्षा, छात्रावास सञ्चालन गर्दै आएका लक्ष्मी प्रतिष्ठानका सञ्चालक विष्णुु गौतमबाट शुरु गरिएको दोस्रो ढाँचाको कार्यक्रममा नेपाली बैज्ञानिक महाबीर पुन, आधुनिक धुलिखेलका निर्माता भनिने बेलप्रसाद श्रेष्ठ, मैत्री कुञ्जका संस्थापक मित्रसेन दाहाल, नेपालमा जन्म भै विदेशमा कर्मभूमि बनाएका उदाहरणीय व्यक्तित्व, विदेशी विश्वविद्यालय र निकायका आइकन कहलाइएका व्यक्ति, समाजसेवीहरुलाई समावेश गरिएको थियो ।

लोकसेवा आयोगमा रामकृष्ण पन्त सचिव हुँदा उपसचिवसम्मका कर्मचारीलाई विहान १० बजे उपस्थिति दस्तखत गरेपछि आधा घण्टाजति सँगै चिया खाने परम्परा बसाएका थिए ।

यसले आयोगमा ज्ञान निर्माणको प्रक्रियालाई थोरै भएपनि योगदान गरेको थियो । तर अहिले यो प्रक्रिया रोकिएको छ भन्दा दुख लाग्छ । योजना तथा नीतिहरु वास्तविक बनाउनुपर्ने, तहगत सरकारबीच समन्वय गर्नुपर्ने, शैक्षिक तथा प्राज्ञिक उत्कृष्टताको सिद्ध गर्नुपर्ने, अन्तर्राष्ट्रिय मानकलाई राष्ट्रिय सन्दर्भमा समायोजित गर्नुपर्ने, थोरै साधनबाट कार्यकुशलता सिद्ध गर्नुपर्ने चाप सरकारमाथि परेको समयमा यस प्रकारका कार्यक्रम आयोगमा मात्र होइन, तहगत सरकारका विभिन्न स्तरमा झनै आवश्यक देखिएको छ ।

उच्च व्यवस्थापन समूहको बैठक

उच्च व्यवस्थापन समूह (एसएमटी) बैठक सहभागितामूलक व्यवस्थापनको एउटा आधार हो । यसले सङ्गठनभित्र विश्वास, आन्तरिक लोकतन्त्रको स्थापना र संस्थागत सुशासनको आधार खडा गर्छ । स्टाफ बैठक निश्चित अन्तरालमा मात्र राख्न सकिए पनि साप्ताहिक रुपमा एसएमटीको बैठक राख्दा सङ्गठनभित्र अनौपचारिक सम्बन्ध विस्तार हुने, अनौपचारिक सञ्चारले औपचारिक सञ्चार र प्रणालीलाई सहयोग गर्ने, लुकेको समस्या र स्वार्थ उजागर हुुने अवसर प्राप्त हुन्छ । त्यसैले यसलाई सङ्गठन विकासको नरम रणनीति (सफ्ट स्ट्राटेजी) मानिन्छ ।

लोकसेवा आयोगमा रामकृष्ण पन्त सचिव हुँदा उपसचिवसम्मका कर्मचारीलाई विहान १० बजे उपस्थिति दस्तखत गरेपछि आधा घण्टाजति सँगै चिया खाने परम्परा बसाएका थिए । लोकसेवा आयोगको काम निकै संवेदनशील हुुन्छ । परीक्षा सञ्चालन, कपि परीक्षण, अन्तरवार्ता, अन्य निकायमा प्रतिनिधित्व गरी योग्यता प्रणाली संस्थागत गर्ने काम सबै संवेदनशील प्रकृतिका छन् । सानो लोभ, स्वार्थ र कमजोरीले आयोगले कमाएको विश्वास गिर्न सक्छ ।

त्यसैले सचिव पन्त सर प्रत्येक दिन कर्मचारीसँग चिया खाएर हिजोका कामको समीक्षा गर्दै आवश्यक रणनीति बनाउथे । यसले काममा सबै कर्मचारीको विश्वास र स्वामित्व स्थापित गराउथ्यो । भुवनमान सिंह, रामकृष्ण पन्तजस्ता निष्ठामा रहेका व्यक्तिहरुले नै आयोगमा निष्पक्षताको कम्पार्टमेन्टल ब्लाइण्ड सिष्टम बनेको र उहाँहरु पछिका पदाधिकारीले त्यही जगमा इट्टा थपेका हुन् ।

योजना आयोगमा सबै समयमा एसएमटीले महत्व पाएन । एकजना सचिवलाई यसखाले बैठक आयोजना गरौंभन्दा आफैं सचिव भएपछि गर्नुहोला भन्ने टर्रो जवाफ खानु परेको थियो । आफ्नै साथीहरुसँग बसेर चिया लिँदै अनौपचारिक छलफल गर्न किन हिम्मत नगर्नु भएको होला भन्ने लाग्यो, महाशाखा स्तरमा भने बैठक गर्न थालेँ ।

आफैं सचिव भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा रहँदा अभ्यासमा ल्याएँ । महालेखा नियन्त्रक कार्यालयमा रहँदा अर्थमन्त्री डा युवराज खतिवडा स्वयम्ले नेतृत्व गरेर प्रत्येक आइतवार साढे नौ बजेबाट एक घण्टा अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्र भएको एसएमटी बैठक आयोजना गर्नुहुन्थ्यो ।

कोभिडको समयमा पनि मन्त्रीज्यूले साप्ताहिक एसएमटीलाई निरन्तरता दिनुभो । त्यस समय महालेखा नियन्त्रक कार्यालयमा शाखा प्रमुख सम्मको एसएमटी बैठक आयोजना गर्थे । कृषि मन्त्रालयमा रहँदा तीन जना सचिव भएकोले आपसी समन्वयका लागि पनि बरिष्ठ सचिवका हैसियतले एसएमटीले बैठक राख्नु आवश्यक थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा धेरै प्रकृतिको काम र धेरै सेवाका कर्मचारीबीचको आपसी सम्बन्ध विकास गर्न र सुधारका कार्य अघि बढाउन साप्ताहिक एसएमटी बैठकले निकै महत्व पायो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विभागीय प्रमुखहरुबीच आपसी समन्वय र कार्यक्रम अनुशसानका लागि मात्र होइन, सचिवको वित्तीय उत्तरदायित्व अन्तर्गत जिम्मेवार पदाधिकारीका रुपमा रहेका विश्वविद्यालय तथा स्वायत्त निकायका प्रमुखको कार्यसम्पादन प्रभावकारिताका लागि पनि यसखाले बैठकले निकै महत्व दिएँ ।

उच्च व्यवस्थापन समूहको बैठकले सम्बन्धका सबै आयाम खुला गरी समस्यालाई समाधानमा पु-याउँछ । झट्ट सुन्दा अरु जस्तै यो पनि बैठक त हो नि भन्ने बुुझाइ रहनसक्छ तर यसको महत्व आधुनिक व्यवस्थापनमा धेरै छ । मन्त्रालय तथा संवैधानिक आयाृग जस्ता नीति निगरानी निकयमा त यसको महत्व झनै छ । एसएमटी बैठकको आयोजक आफै विश्वास र निष्ठाको पात्र बनेपछि मात्र यसले वास्तविक महत्व पाउँछ । तर आजभोलि यसखाले बैठक कि आयोजना हुँदैनन्, वा औपचारिकतामा पुुग्छन् । महिनाको दुुई पटक बस्ने सचिव बैठकले पनि महत्व पाउन छाडेको छ ।

उपसंहार

देख्दा साना लाग्ने यस्ता कार्यले संस्थागत परिपाटी बसाल्न, ज्ञान–सीप निर्माण गर्न, संस्थाहरुलाई स्वचालित परिमार्जन गर्न र संस्थाका सम्झना हस्तान्तरण गर्न ठूलो अर्थ राख्दछन् । ससाना अभ्यास र उपलव्धिको सफलताले ठूला उपलव्धिलाई आमन्त्रण गर्दछ, आधार दिन्छ । विकसित मुलुकले संस्थागत रुपमा र राष्ट्रिय परिवेशमा यस्तै अनुभवलाई अभ्यास गर्दै विकास र समृद्धि हासिल गरेका हुन् । यसले असल संस्कृति विकास र सम्वद्र्धन गर्न पनि सघाउँछ ।