अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर

काठमाडौं । नेपाल सरकारकी एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर अदालतले गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेको अधिकृत (छैटौं तह) पदमा कार्यरत हीम कुमारी सुनार पुनलाई बिशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको भन्दै गत भदौमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राजपत्रअनंकित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति भई पछिल्लो समय उनी अधिकृतस्तरको छैटौं तहमा कार्यरत थिइन् ।
बिशेष अदालतका न्यायाधीशहरू खुशीराम थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।
ताजा अपडेट
-
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
-
नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
-
पहाडी र हिमाली भागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
ए मुर्ख मानव हाे जागिर खाने बेलामा प्रमाण पत्र भेरिफाई गर्नु पर्दैन र अनेक सर्तहरू राखिएकाे हन्छ त त्यहा घुस खाएर भर्ना गरायाै अहिले नक्कली ,पहिले नै सहिकाम गरेकाे भए त एउटा दक्ष नागरिक ले जागिर खान्थ्याे नि।