NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर

काठमाडौं । नेपाल सरकारकी एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर अदालतले गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेको अधिकृत (छैटौं तह) पदमा कार्यरत हीम कुमारी सुनार पुनलाई बिशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको भन्दै गत भदौमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राजपत्रअनंकित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति भई पछिल्लो समय उनी अधिकृतस्तरको छैटौं तहमा कार्यरत थिइन् ।

बिशेष अदालतका न्यायाधीशहरू खुशीराम थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।