NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

पुलिस स्कुलको प्राचार्यका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल पुलिस स्कुलको प्राचार्यका लागि आवेदन आह्वान गरिएको छ । रौतहटको गरुडा र दाङको घोराहीमा रहेका दुई पुलिस स्कुलका लागि नेपाल प्रहरी प्रधान कार्यालय, प्राचार्य छनोट बोर्डले दरखास्त आह्वान गरेको हो ।

माध्यमिक तह वा सो सरहको पदमा कम्तीमा १० वर्ष प्राध्यापन गरेका, माध्यमिक तहको विद्यालयमा कम्तीमा ५ वर्ष प्राचार्यको जिम्मेवारी निभाएका तथा विश्वविद्यालयमा उपप्राध्यापक पदमा कम्तीमा ३ वर्ष कार्यरत रहेको यी तीन योग्यतामध्ये कुनै एक पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

आवेदन बुधबारदेखि आगामी १५ दिनसम्म प्रहरी प्रधान कार्यालय पुगेर वा इमेलमार्फत पनि दिन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन