NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
निजामती सेवा अनुभव

मलाई अमिट छाप छाड्ने सचिवहरू

जागिर त सबैले खान्छन् । तर केही कर्मचारी साँच्चै राष्ट्रसेवा गर्छन् । मेरो झण्डै चार दशक लामो निजामती सेवा अनुभवमा केही यस्ता सचिवज्यूहरू देखेँ जसले मलाई अमिट छाप छाडेका छन् । उहाँहरूले व्यक्तिगत सहयोग गरेका होइनन् तर प्रणाली निर्माण र आफ्ना सहयोगीलाई प्रोत्साहन गर्ने कार्य सम्झनामा रहिरहेका छन् । उहाँहरूको नेतृत्व शैलीबाट नेपालको सार्वजनिक प्रशासनले अहिले पनि धेरै कुरा सिक्न सक्छ । सर्वत्र आलोचनाले प्रशासन रक्षात्मक बनेको बेला उहाँहरूको बानी ब्यहोराले धेरैलाई ऊर्जा र नैतिक ताकत दिन सक्छ ।

बोल्ड तर अभिभावक क्षमताका धर्मबहादुर थापा

शाखा अधिकृतको पहिलो पदस्थापन जिल्ला पञ्चायत सचिवालय डोल्पाको योजना तथा प्रशासकीय अधिकृतमा भयो । पदस्थापन हुनुअघि दुर्गम जिल्ला गएको थिइनँ । भैरहवाबाट रोल्पा हुँदै जुफालमा अवतरण हुने बित्तिकै केही कौतुहल र सन्त्रासको भावनाहरू मनमा ओइरिएका थिए । म जिल्ला पञ्चायतमा हाजिर भएको केही सयममै कामु स्थानीय विकास अधिकारी कृष्णप्रसाद ओझाको सरुवा भएकाले स्थानीय विकास अधिकारीको जिम्मेवारी लिनुपरेको थियो ।

तीन चार कुुराहरू कसरी व्यवस्थापन गर्ने भन्ने मनमा लागिरहन्थ्यो । स्थानीय विकास अधिकारी जिल्लास्थित विकासे कार्यालयको विभागीय प्रमुखको भूमिकामा थियो । आफ्ना पितासरह उमेरका कार्यालय प्रमुखको नेकीवदी र नेतृत्वमा चुकौला कि भन्ने डर थियो ।

त्यस वर्ष राजाको मध्यपश्चिामाञ्चल क्षेत्रको भ्रमण थियो । त्यसको व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारी र मलाई थियो । सानो कुरा रड्केमा पनि पञ्च कार्यकर्ता, युवा पञ्च, वर्गीय संगठनका पदाधिकारी कर्मचारीको दोहोलो काड्ने रणनीतिमा हुन्थे । कर्मचारीले पञ्च, दरबार र व्यवस्थाप्रति कस्तो दृष्टिकोण राख्छन् भन्नेर विभिन्न तहबाट जासुसी गरिन्थ्यो ।

सवारी शिविरबाट कतिको जागिर गएको सुनेको थिएँ । दुुर्गममा कर्मचारीप्रति पञ्चहरूको ईष्र्या देखेको थिएँ, कर्मचारीमा पनि घमण्ड देखेको थिएँ । कर्मचारी र पञ्चको सन्तुलन गर्नु अर्को चुनौतीपूर्ण थियो । केही महिनाअघिबाट भारतले सीमा बन्द गरेर आपूर्ति रोक लगाएको थियो । नुन, चिनी, मट्टितेल, चामललगायत दैनिक आवश्यकीय वस्तुुहरू आपूर्ति व्यवस्था गर्न जिल्ला पञ्चायत सभापति, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको आपूर्ति व्यवस्थापन समिति बनाइएको थियो ।

मट्टितेल, नुन, खाद्यबाट वितरण हुने चामलको व्यवस्थापन गर्न निकै कठिन थियो । स्थानीय विकास अधिकारीको हैसियतमा म आपूर्ति व्यवस्था समितिको सदस्य सचिव थिएँ । प्रजिअ, सभापति र मलगायत कार्यालय प्रमुखको बैठकमा रहेको समय लेखापालले अर्जेन्ट छ भनी चार–पाँच वटा चेक र एक फाइल भौचर सदर गर्न ल्याए । लेखापाल उमेर र पढाइ दुवैमा मभन्दा वरिष्ठ थिए, विश्वासले नहेरीकन सही गरिदिएँ ।

केही महिनापछि प्रजिअ मोहन ढकालले बोलाएर ‘परीक्षणकालमा भएको व्यक्ति सिरियस हुनुपर्छ’ भनी सम्झाउनु भयो । ‘हेरेर मात्र सही गर्नुपर्छ । एलडिओ सा’वले एउटा कामको दोहोरो भुक्तानी गर्नु भएछ । लेखापालले फसाएछ, मैले उसलाई बिहानदेखि कष्टडीमा लिएको छु । सही तपाईंको पनि भएकाले असजिलो छ । के गर्ने ?’ उहाँको प्रस्तुति त्यस समय हार्दिक देखिएको थिएन ।

प्रजिअलाई अख्तियार र विशेष प्रहरीको पनि अधिकार हुन्थ्यो । आन्तरिक लेखापरीक्षणका समयमा कोष तथा लेखा नियन्त्रक कार्यालयले औंल्याएको अनियमिततामा उहाँले कारबाही थाल्नुभएको रहेछ । कोष नियन्त्रक जिल्ला पञ्चायतबाट मट्टितेल नपाएकोमा पहिल्यैदेखि नकारात्मक थिए भन्ने सुनेको थिएँ, अहिले त कानूनी रूपमा गल्ती पनि देखियो । प्रजिअले उहाँलाई पनि बोलाउनु भयो । मन्त्रालयमा पनि रिपोर्ट गरेको छु, परीक्षणकाल भएकाले सचिवले एक्सन लिन सक्नुहुन्छ । जे पनि हुनसक्छ ।

लेखापालबाट पैसा असुल गरेर उनलाई विभागीय कारबाही गरे पनि कानूनी रूपमा निर्णयकर्ता पनि त दोषी हो भन्न थाले । प्रजिअले लेखापालबाट बढी भुक्तानी भएको रकम असुल गरेर विभागीय कारबाहीका लागि मलाई निर्देशन दिनुुभयो । कानूनी रूपमा आफैं पनि संलग्न देखिएको कुुरामा कसरी कारबाही गर्ने भन्ने अन्योलमा थिएँ । पहिला जिल्लाको कुरा फस्र्याएर सचिवज्यूलाई भेट्न काठमाडौं जाने विचारमा थिएँ ।

जिल्ला भ्रमणमा दुुर्गम क्षेत्र विकास समितिका सदस्य सचिव (कायममुकायम सहसचिव) खेमराज नेपाल जिल्ला आउनुभयो । उहाँलाई आफ्नो कुरा बताएँ । उहाँ र उहाँको टिममा रहेका एसएनभी संस्थाका विदेशी विज्ञलाई फोक्सुण्डोलगायतका स्थानको घोडेटो बाटोहरू निरीक्षण गराइ सचिवज्यूलाई स्थिति अवगत गराउन म मन्त्रालय पुगेँ ।

सचिवज्यू शान्त स्वभावको, कम बोल्ने, देख्दा नै डरलाग्दो पाएँ । भेट्नेबित्तिकै किन आउनु भयो भन्ने मौखिक स्पष्टीकरण लिनुभयो । जिल्लाको विभागीय प्रमुखले त्यत्तिकै जिल्ला छाड्नुहुन्नथ्यो । सबै कुराहरू बताएँ । उहाँ मलाई तलदेखि माथिसम्म हेर्दै हुनुहुन्थ्यो । अन्तमा यति भन्नुुभयो, ठीकै छ, होसियार भएर काम गर्नुहोस्, हामी कर्मचारीलाई कानूनले मात्र संरक्षण गर्छ । तपाईंले गल्ती गर्नु भएको छैन, जे असजिलो पर्छ मलाई बताउनु होला । राम्रो कामको लागि म छु ।

म ढुक्क भएर जिल्ला फर्केँ । पञ्चहरू कर्मचारीको खोइरो खन्थे । अनावश्यक काम गर्न दबाब दिन्थे । उपभोक्ता समिति गठन गरेर विकास लैजान्थे (रकम निकासा लगेर मास्ने कामलाई विकास लाने भनिन्थ्यो) । भनेको नमान्ने कर्मचारीलाई व्यवस्था र राजा विरोधी भनी रिपोर्ट गर्न दबाब दिन्थे । पञ्चहरूको मूूल्यांकन पनि प्रजिअ, स्थाविअले भरेर गोप्य पठाउनु पथ्र्यो । हामीलाई दबाब दिने पञ्चहरूको प्रजिअ र म गोप्य प्रतिवेदन गथ्र्यौैं । तर सचिवज्यूले यसको गाम्भीर्यतालाई कहिल्यै बाहिर ल्याउनु भएन, भलै उहाँलाई दरबारको विश्वासप्राप्त प्रशासकका रूपमा लिइन्थ्यो ।

पद्यराज सुवेदीको शालीनता

२०४६–४७ को जनआन्दोलनपछि सरकारले जिल्ला पञ्चायत तथा नगरपञ्चायतका कार्यालय प्रमुखहरू व्यापक रूपमा सरु ग–यो । एक प्रकारको व्यवस्थामा काम गरिरहेका व्यक्तिलाई व्यवस्था परिवर्तनपछि त्यही राख्नु उचित पनि थिएन । मेरो सरुवा सिन्धुपाल्चोक जिल्ला विकास समितिको योजना तथा प्रशासकीय अधिकृतबाट जनकपुर नगरपालिकामा भएछ । तत्कालै कार्यभार सम्हाल्न जानुपर्ने भयो । काठमाडौं भएर जानुुपर्ने भएकाले सचिवज्यूको निर्देशन लिएर जानु उचित ठानेँ ।

पहिलो त व्यवस्था बदलिएको छ, दोस्रो भूमिका बदलिएको छ, मेयरको पनि काम गर्नुपर्ने अवस्था छ । तेस्रो, मन्त्रीज्यूको जिल्ला पनि पथ्र्यो । डोल्पामा मन्त्रीज्यूको जिल्लाको काम गर्दा छुट्टै पीडा थिए । जनकपुर अलि असजिलो ठाउँ पनि हो भन्ने सुनेको थिएँ ।

भेटमा सचिवज्यूले सामान्य शैलीमा भन्नुभयो – डेलिगेसन आएको आयै गर्छ, नडराउनु होला । दह्रो मुटुुले चेक सही गर्नुहोला । केही परे फोन सम्पर्क गर्नुस् न ।

नभन्दै नगरपालिकामा निकै भीड हुँदो रहेछ । राजनैतिक दल, सर्वसाधारण, सन्त महन्त, विद्यार्थी संगठन र पत्रकारहरू आर्थिक सहायताका लागि आइरहने गर्दारहेछन् । नगर प्रमुखको तर्फबाट गर्ने सिफारिस पनि गर्नुपर्ने, गुठीको जग्गमा सबैको आँखा लागेकाले सिफारिमा रड्किएलाकी भन्ने थियो । नागरिकता सिफारिसमा पनि डर मान्थे । कार्यालय प्रमुख, बोर्ड प्रमुख र विकास व्यवस्थापनको जिम्मेवारी पनि लिनु पर्ने । सरसफाइ र धार्मिक सांस्कृतिक काम त भइहाल्यो ।

दैनिक बीस वटा जति डेलिगेसन आउने गथ्र्यो । कर्मचारीलाई डोमिनेट गर्न पाए हुन्थ्यो भन्ने मनोविज्ञान पनि डेलिगेसनमा देख्दै गएँ । आर्थिक सहायता माग्नेको भीड हुन्थ्यो । ४६ वटा स्थानीय पत्रिका नगरपालिका, जिल्ला विकास समिति, जनकपुर चुरोट कारखाना र सुर्ती विकास कम्पनीको आडमा चल्दा रहेछन् । अर्को समस्या चुङ्गी कर असुलीको थियो । भंसारबिन्दुु र नगर प्रवेशमा मूल्यको १ प्रतिशत चुङ्गीकर उठाइन्थ्यो ।

यो नै नगरपालिकाको आयको प्रमुख स्रोत थियो । चुङ्गीकर नाकामा सुरक्षा थिएन, कर्मचारीहरूलाई अनुशासनमा राख्ने समस्या थियो । भन्सारले छाडेका सामानहरूमा पनि चुुङ्गीकर लगाएरै छाड्थे । दैनिक एक पटक थाहा नपाउने गरी ढाँट निरीक्षण गर्थेँ । आफ्नै सुरक्षाको चिन्ता थियो । प्रहरीलाई लिएर हिडौं, धान्न नसकिने फर्मायस हुन्थे ।

तर मन्त्रीज्यूको सहयोग र समर्थन लिन सजिलो थियो । मन्त्री महेन्द्रनाराण निधि गान्धीवादी आदर्शका व्यक्ति हुनुहुन्थ्यो । उहाँले नगरको काममा धेरै सहयोग गर्नुभयो । कुनै कुरा भन्नु पर्दा ‘आदेश होइन, अनुरोध हो’ भन्नुहुन्थ्यो ।

पहिलो आमनिर्वाचनको तयारीमा पनि धेरै खट्नु प-यो । विद्यार्थी संगठनका साथीहरूले हुलहुज्जत गर्न भ्याए, बिचौलियाहरूको ठूलै धम्की थियो । तर खासै टसमस नभई काम गरेँ । जानकी माताले प्रेरणा दिनुभएकाले होला मलाई धरै समस्या भएन ।

चुनावपछि मेरो सरुवा धरान भयो । स्थानीय चुनाव नभएसम्म नगर प्रमुखको काम पनि गर्नु पर्ने थियो । अब त आफू जनप्रतिनिधि हुँ कि भन्ने अनुभूतिमा थिएँ । काममा खट्नुको रमाइलो पनि त्यस्तै थियो । काममा खट्दा मैले दुुई वटा काम गर्न भ्याएको थिइनँ । पहिलो एमए अध्ययन र दोस्रो विवाह ।

एमए अर्थशास्त्रको प्राइभेट परीक्षार्थीको रूपमा परीक्षा दिन एक हप्ता बिदा मागेँ । पद्यराज सरले सजिलैसँग ‘हुन्छ’ भन्नुभो । रात्रि बस चढेर काठमाडौं आएँ । काठमाडौं आइपुुग्दा धरानबाट धेरै पटक स्थानीय बासिन्दा र कर्मचारीबाट खोजी भइसकेछ । त्यतिबेला मोबाइल फोन थिएन । म काठमाडौं हिँडेपछि धरानको पुरानो बजारमा व्यापक आगलागी भएछ । त्यसै त पुराना घर, त्यसमा पनि काठका ।

घण्टौं लागेको आगोले पुरानो बजारमा धेरै घर खरानी भए । भाग्न सकेकाले मानवीय क्षति भने भएन । नगरपालिकामा रहेका दुई पुुराना दमकल घोपा क्याम्पमा बिग्रेर थन्केका थिए । नगरवासीको आक्रोस दमकलले आगो निभाएन भन्ने रहेछ । कर्मचारी साथीहरू जे सक्दो आगो निभाउन जानुपर्ने जानुभएनछ । त्यसैले नगरबासी आक्रोसित भएका रहेछन् । सचिवज्यूलाई पनि त्यो कुरा अवगत भइसकेछ ।

म परीक्षा नदिई तत्काल फर्कंन सरकारी सिट लिन मन्त्रालय गएँ । सचिवज्यूले त्यो आक्रोसमा नजान, धैर्य भएर परीक्षा दिन आग्रह गर्नुभयो । तर मेरो मन मानेन । यस अवस्थामा नगरपालिका प्रमुख र कार्यकारिणी सचिवको दोहोरो भूमिका भएको मानिस नगरबाहिर रहनु हुन्न भनें । तर उहाँले आक्रोसको शिकार तपाईं आफैं पर्नुहुन्छ, सुरक्षाको व्यवस्था मैले गर्नुपर्छ, परीक्षा दिनुहोस् र जानुहोला भनेर सम्झाउन खोज्नुभयो । म मानिनँ । उहाँले आजित भएर भन्नुभयो– जाने भए म के भनौं त ? सिडिओलाई सुरक्षाका लागि भनिराख्छु । त्यसो नगर्न आग्रह गरेँ ।

अपराह्न विराटनगर गएँ र बेलुका धरान पुुगी घटनास्थल अवलोकन गरेँ । देख्नेबित्तिकै नगरबासी खाउलाझैं आक्रोसित भए । उनीहरूको आक्रोस आफ्नो दुःखमा नगरपालिकाका कुनै कर्मचारी नआएको, माटोको डल्ला, केरा, बाल्टी गाग्राबाट पानी ल्याएर हालेको भए पनि केही त हुन्थ्यो भन्ने रहेछ । त्यो स्वाभाविक पनि थियो । अब म छु, जे भयो दुःखद् भयो, म यहाँहरूसँगै छु भन्दै राहत उद्धारमा व्यस्त रहेँ । म भएपछि कर्मचारी पनि आए । तत्काल खानेकुरा, पाल र केही आर्थिक सहायता वितरण गरेँ । नगरपालिकाको बैठक राखी राहत उद्धारको लागि गर्नुपर्ने खर्चको अख्यियारी लिएँ ।

काम सकिएपछि सचिवज्यूलाई रिपोर्ट गरेँ, उहाँले धन्यवाद दिनुभयो । म डराउछु कि, मेरो ज्यानमाथि आक्रमण होला कि भन्ने आशयमा सम्झाउनु भएको रहेछ ।

कामलाई सर्वस्व ठान्ने नारायण सिलवाल

उपसचिव भएपछि मेरो तेस्रो सरुवा राजस्व प्रशासन तालीम केन्द्र (हालको सावजनिक वित्त व्यवस्थापन तालीम केन्द्र) मा भएको थियो । तालीम केन्द्रमा कर्मचारीहरू त्यति जान चाँहदैनथे । अर्थ मन्त्रालय, महालेखानियन्त्रक कार्यालयबाट पनि अन्य विभागको जति यसले महत्त्व पाएको थिएन । लेखा, लेखापरीक्षण र राजस्वका कर्मचारीको तालीम तथा गोष्ठी र संस्थानहरूका कार्यशाला गोष्ठी सञ्चालन गर्ने काम हुन्थ्यो । सहसचिवको नेतृत्वमा चार उपसचिव (वरिष्ठ प्रशिक्षक) र आठ जति प्रशिक्षक (लेखा अधिकृत, राजस्व अधिकृत), केही सहायक कर्मचारी भएको छरितो संगठन थियो तालीम केन्द्रको ।

अर्थमन्त्री प्रकाशचन्द्र लोहनी नियुक्त भएपछि मन्त्रालयले मन्त्रालय मातहत विभागीय प्रमुखबाट व्रिफिङ थियो । आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, महाशाखाहरूपछि महालेखा नियन्त्रक कार्यालय र त्यसपछि तालीम केन्द्रको प्रस्तुति थियो । तालीम केन्द्रबाट तालीम प्रमुखले मलाई पनि प्रस्तुति लैजानु भएको थियो । एक किसिमले मैले नै प्रस्तुति गर्नुपर्ने थियो ।

त्यतिखेर का.मु महालेखानियन्त्रक नारायण सिलवाल हुनुहुन्थ्यो । प्रस्तुतिको पालो पर्खंने क्रममा उहाँ र मेराबीच तालीम केन्द्र र लेखा प्रणाली सुधारका विषयमा कुराकानी भइरहेको थियो । लेखा प्रमुखहरूलाई विशेष तालीम दिने कार्यक्रमका लागि सिलवाल सरले नै आग्रह गर्नुभएको थियो र आफूसँग त्यसको कोर्ष मोडुल पनि रहेको र त्यसैअनुरूप अल्पकालीन तालीम सञ्चालन गर्ने कार्यक्रम गर्न भन्नुभयो ।

मैले उहालाई भनेको थिएँ- महालेखानियन्त्रकहरू तालीमका विषयमा यति संवेदनशील पहिला कहिल्यै देखेको थिइनँ, खुसी लाग्यो । का।मुु त तीन महिनासम्मका लागि हो, कन्फर्म भएपछि सर अन्यत्र जानु भैहाल्ला । गैरलेखा क्षेत्रबाट आएका सरहरू महालेखानियन्त्रकमा कन्फर्म नभएसम्म, छोटो अवधि रहेको देखिन्छ । उहाँले भन्नुभयो– म अन्त जान्न होला । म गए पनि अर्को आउला । काम गर्ने त हो नि ।

उहाँ अलि खरो स्वभावको भनेर चिनिनुहुन्थ्यो । मूल्य अभिवृद्धि कर विभागको महानिर्देशक हुँदा उहाँको कामको विषयमा सुनेको थिएँ । कामबाहेकका कुरामा त्यति ध्यान दिनुहुन्न भन्ने सुनेको थिएँ । अर्थ लमन्त्रालय र मातहतका कर्मचारीको प्रमाणपत्र छानबिन समितिमा सदस्य सचिवको रूपमा उहाँसँग थोरै छलफल भए पनि त्यसबाहेक काम पनि गरेको थिइनँ ।

नभन्दै अर्को महिना उहाँ कन्फर्म हुनुभयो र श्रम तथा यातायात मन्त्रालको सचिवमा जानुभयो । तर उहाँले त्यो तालीमको विषय सम्झिरहनुभएको रहेछ । रवाना हुने समयमा एक जना उपमहालेखा नियन्त्रकलाई कोर्ष डिटेल दिएर पठाउनुभएछ । अर्को मन्त्रालयमा सरुवा भएपछि पहिलाको काम सम्झेर तालीम कन्द्रलाई सम्झेको, त्यो पनि मेरो विश्वासमा । यो सानो घटनाले मलाई छुट्टै प्रभाव प-यो । मेरो पुस्तकमा पनि यो कुरा उल्लेख गरेको छु ।

निष्ठाका धरोहर रामकृष्ण पन्त

तालीम केन्द्रपछि मेरो सरुवा लोकसेवा आयोगमा भएको थियो । त्यतिखेर सचिव (का.मु) रामकृष्ण पन्त हुनुहुन्थ्यो । झट्ट देख्दा व्यक्तित्व देखिँदैन थियो । सामान्य औपचारिक पोशाकमा रहेका, बोली अलि धोत्रिएको पन्त सरले मलाई हाजिर गराएर आयोगको अध्यक्षज्यूलाई भेट्न लैजानुभयो । अर्को भवनको एक भ–याङमाथि थियो, अध्यक्षको च्याम्वर । भ–याङ उक्लने क्रममा सचिवज्यूले भन्नुभयो–मैनालीजी यहाँ त भ–याङ चढेको पनि पैसा पाइन्छ ।

मलाई आश्चर्य लाग्यो । जिज्ञासा राखेँ । दिने तपाईंले हो, भोलिबाट बुझ्नुहोला । जाँच लिँदा, कपी दिँदा, कपी मिलाउँदा, छाप लगाउँदा, अन्तरवर्ता लिँदा, राति सुत्दा, दर्खास्त लिँदा, परीक्षा निरीक्षण गर्न जाँदा सबैमा निश्चित पैसा छ । जुन कामका लागि हामी छौं, त्यही काम गर्दा हामी पैसा लिन्छौं, तलब छँदैछ । तपाईंले साथ दिनुहोला, यसलाई विस्तारै तपाईं र म भएर हटाउनु पर्छ । उहाँको प्रस्तावमा ‘हुन्छ सर’ भनेँ ।

पन्त सर अलग स्वभावको हुनुहुन्थ्यो । आयोगमा सानो पदबाट जागिर खाँदै सामान्य प्रशासन मन्त्रालय, प्रमुख जिल्ला अधिकारी हुँदै आयोगको सचिव हुनुु भएको थियो । कार्यालयको काममाबाहेक न सवारी साधन प्रयोग गर्नुभयो, न भइपरी, खाजामा नै फर्मायस गर्नुभयो । सरकारी साधनलाई धर्मका आधारमा व्याख्या गर्नु हुन्थ्यो । फिल्टर चुरोट खानुहन्थ्यो तर आधा आधा गरेर । सचिवको कोठामा बस्नुहुन्थ्यो तर कन्फर्म नभएसम्म कुर्सीमा नबसी सोफामा बसेर काम गर्नुहुन्थ्यो । बिहान र मध्याह्नपछि हामीलाई कालो चिया ख्वाउनु हुन्थ्यो ।

परीक्षा सदाचारिता यति थियो कि उहाँ र भुवनमान् सिंहको प्रयासले नै आयोगको परीक्षाले विश्वास कमाएको हो । कम्पार्टमेन्टल ब्लाइन्ड सिष्टम स्थापना, उत्तर पुस्तिका कोडिङ, कपी परीक्षण सुधार सबै उहाँको समयमा भएका थिए । उहाँ आयोगको इतिहास हुनुुहुन्थ्यो, आयोगलाई घरभन्दा धेरै माया गर्नुहुन्थ्यो । निष्ठामा रहेका कर्मचारीलाई माया गर्नुहुन्थ्यो । परीक्षाको सदाचारिता भुल्ने केही कर्मचारीलाई फेरि आयोग छिर्न पनि दिनुभएन । गोप्य शाखामा खटाउनुअघि धेरैतिरबाट क्रसचेक गर्नुहुन्थ्यो ।

उहाँको सबैभन्दा ठूलो आदर्श लोभ र स्वार्थ नगर्ने बानी थियो । परीक्षा सञ्चालन गर्ने काम आयोगको भएपछि त्यही विषयमा, दश–पाँच काम गर्दा अतिरिक्त सुविधा लिनु हुन्न भन्ने भावनाले उहाँ निष्ठाको धरहरा हुनुहुन्थ्यो । मलाई भने देखेपछि कुनै न कुनै काम लगाइरहनु हुन्थ्यो, लेखामा मात्र सीमित रहन दिनुहुन्नथ्यो । सायद त्यो उहाँको मप्रतिको विश्वास थियो । महत्त्वपूर्ण बैठकमा साथै राख्नुहुन्थ्यो, असजिलो अवस्थाका कुराहरू पनि सेयर गर्नुहुन्थ्यो ।

रामकृष्ण पन्तजस्ता व्यक्तिका कारण लोक सेवाको परीक्षा निष्पक्षता अहिलेसम्म कायम छ । सर्वसाधारणका सन्तान वृत्तिसेवा र राष्ट्रसेवा गर्ने अवसर उपयोग गरिरहेका छन् ।

दृष्टिकोणको धनी डा. भोलानाथ चालिसे

व्यक्तिगत स्वतन्त्रता र उदारवादको पक्षपाती डा। भोलनाथ चालिसे योग्यता प्रणालीको उपयोग गर्दै छिट्टै सचिव बनेर निवृत्त हुनुभयो । उनलाई आफ्नै ब्याचका साथीहरू र छिमेकीहरू पनि छुच्चो र अव्यावहारिक मान्थे । तर प्रणाली बनोस्, एक पटक प्रणाली बसेपछि भत्किँदैन भन्ने सोचका कारण व्यक्तिगत मोलाहिजाभन्दा पर रहेर प्रशासकीय नेतृत्व गरिरहनुभयो । नेताको भनसुन नगर्ने, इमानदारिता र सदाचारमा रहने कर्मचारीलाई माया गर्ने, अभिभावकत्त्व दिने र पछिसम्म सम्झने बानी उहाँमा थियो । स्थानीय विकास मन्त्रालयमा सचिव रहँदा भनसुनको भरमा सरुवा चाहने कर्मचारीलाई उहाँले कहिल्यै मन पराउनुभएन । वैयक्तिक क्षमता र कार्यआचरण उहाँका आदर्श थिए । (अगिल्लो अंक डा भोलनाथ चालिसे अनौठो प्रशासकमा उहाँका विषयमा उल्लेख गरिएको छ) ।

निष्कर्ष

नेपालको प्रशासनमा निष्ठा र नैतिकताले उदाहरणीय बनेका धरोहरहरूले पछिल्लो पुस्तालाई शिक्षा र सन्देश दिन्छ । संस्थात्मक सम्झना पातलिँदै गएको अवस्थामा त्यस्ता प्रशासकको शैली आफैंमा प्रेरणाको स्रोत बन्न सक्छ । प्रशासनभित्र हुर्किंदै गएको तदर्थवादलाई घटाउन र प्रणाली निर्माण गर्न उनीहरूका आनीबानी जीवन्त ऊर्जा पनि हो ।

(नेपालवाचका स्तम्भकार मैनाली नेपाल सरकारका पूर्वसचिव हुन् ।)

मैनालीका यसअघि नेपालवाचमा प्रकाशित सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्