NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

वायुसेवा सञ्चालक सङ्घमा नयाँ कार्यसमिति, कार्की बने अध्यक्ष

काठमाडौं । हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा मनोज कार्की चयन भएका छन् ।

सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

उनी समिट एयरका प्रबन्ध निर्देशक हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएको संघले जनाएको छ ।
सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भए ।