NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

टेलिकमका एमडी पौडेलसँग एक करोड बैध, २३ करोड अवैध सम्पत्ति

काठमाडौं । हाल निलम्बनमा रहेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले २३ करोड ७५ लाख ४६ हजार अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविनमा उनीसँग एक करोड १९ लाख मात्र बैध सम्पत्ति रहेको खुलेको हो ।

पौडेलसँग कुल २४ करोड ९४ लाख ७१ हजार कुल सम्पत्ति रहेकोमा त्यसमध्ये एक करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको मात्र स्रोत खुलेको छ ।

उनी २०६४ सालमा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबारमा प्रशासकीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । जागिर छाडेर पछि २०६५ सालमा पुनः केन्द्रमा कम्प्युटर इन्जिनियर पदमा करारमा भर्ना हुँदा १० वर्ष काम गरे । २०७५ को साउनदेखि २०७८ को चैतसम्म उनी त्यहाँ कार्यकारी निर्देशक पदमा काम गरेकोमा २०७८ चैतमा नेपाल टेलिकमको प्रबन्धक निर्देशक नियुक्त भएका थिए । पदमा कार्यरत नै रहेको बेला उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी गत असोजमा निलम्बनमा परेका हुन् ।

पौडेललाई आयोगले गत १० माघमा पक्राउ गरेकोमा हालसम्म थुनामै छन् । नेसनल पेमेन्ट गेटवेसम्बन्धि भ्रष्टाचार मुद्दामा गत शुक्रबार मात्र बिशेष अदालतले उनलाई दोषी ठहर गरिसकेको छ ।