NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कीर्तिपुरमा यात्रुबस दुर्घटना, त्रिविका प्राध्यापकको मृत्यु

काठमाडौं । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
आइतबार दिउँसो पौने तीन बजेको समयमा भएको दुर्घटनामा डा.गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक डा.रिजाल त्रिभुवन विश्वबिद्यालय, कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक हुन् । प्रहरीका अनुसार सडक छेउमा रहेका बेला सो बसको ठक्करबाट उनको मृत्यु भएको हो।

यात्रुहरू डम्बर पन्त, बिमला श्रेष्ठ तथा चालक रमेश लामा घाइते भएको प्रहरीले जनाएको छ ।   दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्कुटरलाई जोगाउन ब्रेक लगाउने क्रममा बस अनियन्त्रित भएर पल्टिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष