मन, मस्तिष्क र शरीरलाई सन्तुलित गर्ने सूत्र
व्यक्तिको मनोसामाजिक अवस्थालाई हामीले फराकिलो दृष्टिकोणबाट हेर्नु पर्छ । मनोसामाजिक अवस्थालाई मानसिक र मनोवैज्ञानिक कुराले प्रभाव पारिरहेको हुन्छ । मानसिक र मनोवैज्ञानिक शब्द सुनिएजति सरल छैनन् । कुनै पनि अंगमा घाउ, चोट लाग्दा छामेर वा चिरेर हेर्न सकिन्छ । उदाहरणका लागि मुटुमा केही समस्या हुँदा चिरेर त्यसको समस्या पत्ता लगाइन्छ । तर मन ‘सबजेक्टिभ साइकोलोजी’ हो । मानिसको मनमा कति चिन्ता छ ? लेखाजोखा गर्न सकिँदैन ।
प्रतिक्रिया दिन छाडेर कुनै कुराको प्रतिवाद गर्न मन लाग्छ र अवचेतन हुन्छ भने व्यक्तिले आफूलाई सहयोग आवश्यक छ भन्ने बुझ्नुपर्छ
व्यक्ति खुसी छ, सन्तुष्ट छ, उसमा भावनात्मक परिपक्वता छ, समाजमा घुलमिल पनि हुन्छ, उद्देश्य लिन्छ, आफैंलाई स्वीकार्छ, आफ्ना संवेगहरू सन्तुलनमा राख्छ भने बुझ्नुपर्छ कि ऊ मानसिक तवरले स्वस्थ छ । यति भन्दैमा मानिस सधैं यी कुराहरूलाई सन्तुलनमा राखेर बस्न सक्दैन । हर मानिसको मनस्थितिमा उतारचढाव आइरहन्छ, चाहे भावनात्मक रूपले होस् या वातावरणीय हिसाबले । व्यक्तिको मनस्थिति, भोगाइ, संवेगजस्ता कुरा एकापसमा जोडिएका हुन्छन् । कारण, मानिस सधैं खुसी मात्र रहन सक्दैन ।
मन, मस्तिष्क र शरीरको सम्बन्ध
कुनै समय शरीरलाई मात्र महत्त्व दिइन्थ्यो । मन र मस्तिष्कलाई अलग्गै पाटोका रूपमा हेरिन्थ्यो । तर पछिल्लो समय यी दुवै अर्थात् मानसिक र शारीरीक स्वास्थ्यलाई सँगसँगै हेर्न थालिएको मात्र छैन, यो बुझाइ र मान्यता स्थापितसमेत भइसकेको छ । यससँगै सम्बन्धित अर्को एउटा अवधारण पनि आएको छ । जसमा ‘मन खुसी छ भने शरीरलाई आराम दिन्छ र शरीर तनावमा छ भने मनलाई पनि तनाव दिन्छ’ भनिन्छ ।
गम्भीर समस्या नआएसम्म चिकित्सककोमा नजाने बानी हामी नेपालीको छ । अझ त्यसमा पनि शारीरिक समस्यामा मात्र हामी चिकित्सककोमा जान्छौं ।
स्वस्थताका सूचक
गम्भीर समस्या नआएसम्म चिकित्सककोमा नजाने बानी हामी नेपालीको छ । अझ त्यसमा पनि शारीरिक समस्यामा मात्र हामी चिकित्सककोमा जान्छौं । मनोसामाजिक अवस्थालाई चार चरणमा हेर्ने गरिन्छ ।
पहिलो, व्यक्ति जस्तो छ, त्यस्तै रहन्छ । जसलाई सामान्य रूपमा लिइन्छ । दोस्रो, उसले दिने प्रतिक्रिया । कुनै पनि कुराहरूमा व्यक्तिले प्रतिक्रिया दिइरहेको छ कि प्रतिवाद गरिरहेको छ भन्ने कुरा मनन गर्नुपर्छ । तेस्रो भनेको वातावरणमा घुलमिल हुन सक्नु हो । व्यक्ति जे हुनुपथ्र्याे, त्यो छैन अथवा व्यक्तिले कुनै कुरा गर्न खोजिराखेको छ तर सफल भइरहेको छैन भने यसलाई हामी वातावरणीय पाटोबाट हेर्छौं । त्यसपछिको, चौथो चरणमा बल्ल हामी ‘डिसअर्डर’मा जान्छौं ।
यी चार चरणमा पनि भिन्न-भिन्न स्पेक्ट्रम हुन्छ । कुनै व्यक्ति चौथो चरणमा पुगिसकेको छ भने उसलाई चिकित्सककै सहयोगमा उपचार गर्नुपर्छ । व्यक्तिले प्रतिक्रिया गर्न छाडेर कुनै कुराप्रति प्रतिवाद गर्न र अवचेतन हुन थाल्छ भने त्यस्तो व्यक्तिले आफूलाई सहयोग आवश्यक छ भन्ने बुझ्नुपर्छ । कसैले दिएको प्रतिक्रियाले फाइदा गरिरहेको छ र जीवनलाई सन्तुलित राखेको छ भने त्यसलाई ठीक मान्नुपर्छ । तर त्यस्ता प्रतिक्रिया अस्वीकार गर्ने, अनावश्यक प्रतिवाद गर्ने काम भइरहेको छ भने बुझ्नुपर्छ कि त्यहाँ समस्या छ ।
व्यक्ति खुसी छ, सन्तुष्ट छ, उसमा भावनात्मक परिपक्वता छ, समाजमा घुलमिल पनि हुन्छ, उद्देश्य लिन्छ, आफैंलाई स्वीकार्छ, आफ्ना संवेगहरू सन्तुलनमा राख्छ भने बुझ्नुपर्छ कि ऊ मानसिक तवरले स्वस्थ छ ।
लक्षण, कारण र मनोवैज्ञानिक विचलनको व्यवस्थापन
मनोवैज्ञानिक रूपमा देखापर्ने विचलनका कारण एक मात्र नभएर अनेक छन् । पहिलो त यसले मनोसामाजिक अवस्थालाई प्रभावित पार्छ । मानिसमा आफ्ना दैनिक कार्यप्रति निराशा उत्पन्न हुनु, काम नगरी वहाना बनाउन मन लाग्नु पनि मनोसमाजिक अवस्था ठीक नभएको लक्षण हो ।
त्यसैगरी, व्यक्तिमा अनिन्द्रा (जसलाई मेडिकल भाषामा इन्सोमनिया भनिन्छ) वा बढी सुत्ने (जसलाइ हाइपरसोमनिया भनिन्छ) समस्या देखियो भने पनि यसलाई समस्याको रूपमा बुझ्नुपर्छ । साथीभाइ मन पर्न छाड्नु, भेट्न मन नलाग्नु, बाहिरी वातावरणमा घुलमिल हुन नसक्नु, कुनै कुरामा ध्यान केन्द्रित नहुनु, भीडभाड मन नपराउनु, त्यस्ता ठाउँमा जान मन नलाग्नु, साना–साना कुरामा छिट्टै झनक्क रिसाउने तथा नकारात्मक सोच विचार आउनेजस्ता लक्षण पनि देखिन सक्छन् ।
कसैले दिएको प्रतिक्रियाले फाइदा गरिरहेको छ र जीवनलाई सन्तुलित राखेको छ भने त्यसलाई ठीक मान्नुपर्छ । तर त्यस्ता प्रतिक्रिया अस्वीकार गर्ने, अनावश्यक प्रतिवाद गर्ने काम भइरहेको छ भने बुझ्नुपर्छ कि त्यहाँ समस्या छ ।
तथापि, यस्ता लक्षणहरू व्यक्ति अनुसार फरक-फरक हुन्छन् । पछिल्लो समय व्यक्तिको बढ्दो आकांक्षा, अपेक्षा, कामको भार, पारिवारिक समस्या, सम्बन्धहरूमा मनमुटाव, आर्थिक समस्या इत्यादिको तालमेल नमिल्दा पनि यो समस्या बढिरहेको पाइन्छ । जसका कारण व्यक्ति खुसी हुँदैन र यसले उसको मानसिक र मनोवैज्ञानिक अवस्थामा समस्या निम्त्याउँछ । महिलाको हकमा पारिवारिक जिम्मेवारी, कार्यालयको भार, घर–व्यवहार, करिअर, बच्चाबच्ची जस्ता कुराले समस्या बढेको देखिएको छ । त्यसैले मनोवैज्ञानिक र मानसिक रूपमा स्वस्थ हुन केही कुराहरूमा ध्यान दिन आवश्यक छ । व्यक्तिले साना–साना कुराहरू मनन गर्न र आफूलाई असर पारिरहेका कुरा बुझ्न सकेमा मनोवैज्ञानिक र मानसिक समस्याबाट बचाउँछ । त्यस कारण हामीले आफैंलाई मनन र मूल्यांकन गर्ने परिपाटी विकास गर्नुपर्छ ।
विद्यालयहरूमा परामर्शको आवश्यकता र वर्तमान अवस्था
नेपालमा अझै पनि परामर्शदाताको परिभाषा, मानसिक स्वास्थ्यको प्रोटोकललाई कानूनमा स्पष्टसँग परिभाषित गरिएको छैन । जसका कारण विद्यालय तथा विश्वविद्यालयमा परामर्शदाता राख्नका लागि मात्रै राखेजस्तो छ । नेपालको सन्दर्भमा शिक्षण संस्थाहरूमा परामर्शको अवस्था निकै कमजोर छ । केही विद्यालयमा यसको अभ्यास भएता पनि त्यसको संख्या न्यून छ ।
व्यक्तिले साना–साना कुराहरू मनन गर्न र आफूलाई असर पारिरहेका कुरा बुझ्न सकेमा मनोवैज्ञानिक र मानसिक समस्याबाट बचाउँछ । त्यस कारण हामीले आफैंलाई मनन र मूल्यांकन गर्ने परिपाटी विकास गर्नुपर्छ ।
मानसिक स्वास्थ्यलाई राम्रोसँग बुझेका प्रधानाध्यापक, निर्देशक, प्रशासनिक नेतृत्व भएका विद्यालयमा राम्ररी परामर्श भइरहेको छ । जसले गर्दा परामर्शदाताले समेत विद्यार्थीको मानसिक स्थितिमा केन्द्रित भएर काम गर्न पाउँछन् । फलतः विद्यार्थीले हासिल गर्ने नतिजामा पनि राम्रो प्रभाव पर्छ ।
(नेपालवाचको नियमित भिडियो प्रस्तुति ‘एजुकेसन डायलगमा मनोपरामर्शदाता सजिना ढुंगानाले राख्नुभएको भनाइको सम्पादित अंश)
ताजा अपडेट
-
प्रहरी आफैं तस्करीमा लागेपछि..
-
कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
डिजिटल लाइसेन्स प्रणाली सुरु, अब स्मार्ट फोनबाट ट्राफिक प्रहरीले गर्नेछन् चेकजाँच
-
आपराधिक समूहसँग मिलेर ३० लाख असुल्ने इन्सपेक्टर निलम्बित
-
मन्त्री भण्डारीले लिए खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
प्रतिक्रिया