कसरी छापिन्छ नेपाली पैसा ?

काठमाडाैं । नेपालमा आजभन्दा करिब १५०० वर्ष पहिले पहिलोपटक राजा मानदेवले सिक्का प्रचलनमा ल्याएपछि पैसाको प्रचलन सुरु भएको थियो । नेपालमा कागजी नोटको प्रचलन भने ७९ वर्षअघि अर्थात विस.२००२ बाट राजा त्रिभुवनको पालामा सुरुवात भएको पाइन्छ ।
नेपाली नोट नेपालमा छापिँदैनन् । अहिले पनि नेपालले नेपाली नोट विदेशमा लगेर छाप्नुपर्ने बाध्यता छ । पैसा छाप्नको लागि विशेष सेक्युरिटी प्रेसको आवश्यकता पर्छ । नेपालमा भने हालसम्म उक्त मेसिन छैन । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भुवन कँडेल व्यवहारिक रुपमा नेपालमा भन्दा विदेशमा छाप्दा कम लागत लाग्ने भएकाले अहिले पनि नेपाली नोट विदेशबाटै छापेर आउने बताउछन् ।
नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघि नेपाली नोट जारी गर्ने जिम्मेबारी सदर मुलुकीखानाले पाएको थियो । नेपाल राष्ट्र बैंकले जारी गर्ने नोटहरु एकाधिकार प्राप्त छ ।
पैसा छाप्नका लागि यसका विभिन्न प्रशाशनिक, कानुनी, प्राविधिक पक्षहरु छन् । नोट छाप्नुभन्दा अगाडि नेपाल राष्ट्र बैंकले कति पैसा छाप्ने भनेर तय गर्छ । त्यसका लागि आगमी पाँच वर्षको गुरुयोजना बनाएको हुन्छ । त्यसभित्र पनि हरेक वर्ष कति पैसा चाहिने हो त्यसको योजना बनाउँछ । पैसा कति छाप्ने भन्ने आधारका लागि देशमा बजेटको आकार कस्तो छ, मुद्रास्फीति कसरी भइरहेको छ, अहिले कति स्टक बाँकी छ यी सबैको अध्ययन गरेर प्रक्षेपण गरिन्छ । कति नोट छाप्ने तय भइसकेपछि कुन दरको नोट कति चाहिन्छ त्यसको आंकलन गरिन्छ । पूर्व कार्यकारी निर्देशका अनुसार आगमी तीन वषको लागि पुग्ने गरेर नोट छापिन्छ ।
नोट छाप्नको लागि राष्ट्र बैंकले कार्यव्यवस्था समिति, मूल्यांकन समिति बनाएको हुन्छ । नोट तथा सिक्काको डिजाइन भने गर्भनरको अध्यक्षतातामा हुने गर्छ । कुन नोटमा कस्तो डिजाइन राख्ने भन्ने कुरा समितिले निर्धारण गर्छ । समितिमा भाषाविद्, इतिहासविद्, पुरातात्विकविद् सहभागी हुन्छन् ।
नोट छाप्नका लागि अन्र्तराष्ट्रिय टेन्डरको आह्वान गरिन्छ । टेन्डर भर्ने कम्पनीहरुमध्येबाट उपयुक्त एकलाई छनोट गरी जिम्वेवारी दिइन्छ । नेपालले विभिन्न मूलुक बेलायत, भारत, चीन, जर्मनी, अस्ट्रेलिया, जर्मन, बेलायत, इन्डोनिसयालगायतका देशमा नेपाली नोट छापिन्छ ।
नेपाली नोट विदेशबाटै छपाइ भएर कलकता, विरगञ्जबाट, प्रदेशस्थित नेपाल राष्ट बैंकको कार्याल, केन्द्रीय कार्यालाय हुँदै देशैभरी परिचालन हुन्छ । सुरुमा छापेर आएको पैसा अरु रुपैयाँजस्तो मानिँदैन । राष्ट्र बैंकले सूचना जारी गरेपछि मात्रै चलनचल्तीमा आउँछ । एक पटक सबै पैसा बजारमा परिचालन भएपछि ती पैसा पूराना भएर च्यातिएर पुनः राष्ट्र बैंकमा नै आइपुग्छ । यो प्रकृया चलिरहन्छ ।
नोट छाप्दा सानो नोटको तुलनामा ठूलो नोटको लागत बढी पर्ने गर्छ । ठूलो नोटमा सेक्युरिटी फिर्चस बढी हुने हुँदा यसलाई छाप्नको लागि लागत बढी लाग्ने गर्छ । पूर्व कार्यकारी निर्देशक कडेलका अनुसार नोट छाप्दा २ रुपैयाँदेखि पाँच रुपैयाँसम्म पर्न जान्छ ।
नेपालमा पैसा कसरी छापिन्छ, कति छापिन्छ, विदेशमा पैसा छाप्नुपर्ने बाध्यता, दक्ष युवाजनशक्ति नेपालमै रहनको लागि चाल्नुपर्ने कदमलगायत विषयमा केन्द्रित रहेर सानिमा बैंकको पूर्व कार्यकारी अधिकृत भुवन दहालले नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर चिरञ्जीवी नेपालसँग गरेको छलफलको पूरा अंश तलको भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया