काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना, एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार हाल २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया