कपनबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौैं । बुढानिलकण्ठ नगरपालिका–११ कपन पैँयुटार डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका–२ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई एक थान कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । उनका अपराधिक गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया