NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर सुरज पौडेलले सगरमाथा आरोहण गरेका छन्। सोमबार बिहान उनी सगरमाथा शिखरमा पुगेका हुन् ।
सगरमाथा आरोहरण गर्ने पौडेल पहिलो सशस्त्र प्रहरी कर्मचारी हुन् । २०६७ सालमा उनी इन्सपेक्टर पदबाटै भर्ना भएका थिए । ट्रेकिङमा रुची राख्ने पौडेलले करिब एक महिना लामो आरोहण तालिम लिएका थिए ।
इन्सपेक्टर पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बधाई दिएका छन् ।