अमेरिकी दूतावासद्वारा सन्दीप लामिछानेको भिसा अस्वीकार

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न नपाउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले उनको भिसा अस्वीकार गरेको हो । लामिछानेले सामाजिक सञ्जालबाट यसप्रति दुःख व्यक्त गरेका छन् । यसअघि २०१९ मा पनि उनको भिसा अस्वीकार भएकोमा पछि भिसा पाएका थिए ।
उनले विश्वकप खेल्न जान नपाएकोमा समर्थकसँग माफी मागेका छन् । लामिछानेले दुई साताअघि बलात्कार मुद्दामा सफाइ पाएका थिए । सफाइ पाएलगत्तै उनलाई टी–२० विश्वकप खेलाउन अमेरिका पठाउने क्रिकेट संघको तयारी थियो । तर, भिसा अस्वीकृत भएसँगै उनको विश्वकप खेल्ने बाटो रोकिएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया