विकल पौडेलको विदेशी बैैंकमा २८ करोड रुपैयाँ भेटियो

काठमाडौं । सुरक्षण मुद्रण कोषका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौथो मुद्दा दायर गरेको छ । ६२ करोड १९ लाख १८ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलकोे भन्दै मुद्दा दायर भएको हो ।
६२ करोड रुपैयाँमध्ये २८ करोड ९५ लाख रुपैयाँ उनले विदेशी बैंकमा राखेका छन् । सिंगापुर र अमेरिकाको बैंकमा उनको सो बराबर रकम रहेको आयोगले जनाएको छ । पौडेलले सिंगापुरको यूनाइटेड ओभरसिज बैंकमा खाता खोलेर कमिसनको रकम जम्मा गर्दै आएका थिए । साथै, श्रीमती एलिना बस्नेतले बैंक अफ अमेरिका नेशनस एशोसियनमा करोडौं जम्मा गरेको अख्तियारले पत्ता लगाएको छ ।
नेपालमा पनि आमा शितल र बुबा धर्मप्रसादको नाममा गैरकानुनी सम्पत्ति राखेको भन्दै उनीहरुलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
यसअघि पौडेलविरुद्ध तीन मुद्दा दायर भएकोमा त्यसमध्ये एक मुद्दामा उनी मंगलबार मात्र दोषी ठहर भएका थिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया