भ्रष्टाचार मुद्दामा एकैदिन ४० जनालाई सफाइ

काठमाडौं । बिशेष अदालतले भ्रष्टाचारका तीन मुद्दामा बुधबार फैसला सुनाएको छ । ४० जना प्रतिवादी रहेको ती मुद्दामा सबैलो सफाइ पाएका छन् ।
१९ जना प्रतिवादी रहेको कपिलवस्तुको काठ हिनामिना मुद्दामा तीन महिनामै फैसला भएको छ । गत ८ फागुनमा दायर भएको सो मुद्दामा तत्कालिन डिएफओ कृष्णदत्त भट्टसहित सबैले सफाइ पाएका हुन् । २९ लाख १२ हजार बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रुख काटेर बेच्दा अनियमितता भएको अभियोग थियो ।
त्यस्तै, तामाकोशी गाउँपालिकाको भ्रष्टाचार मुद्दामा पनि सबैले सफाइ पाएका छन् । शौचालय र सभाहल निर्माणमा १२ लाख ८९ हजार रुपैयाँ अनियमितता भएको अभियोग थियो । जसमा गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का, १ नम्बर वडाका अध्यक्ष महेश्वर काफ्ले र ४ नम्बर वडाका अध्यक्ष होमबहादुर श्रेष्ठसहितले सफाइ पाएका हुन् । गत २७ फागुनमा उनीहरुविरुद्ध मुद्दा दायर भएकोमा १२ जना प्रतिवादीले सफाइ पाएका छन् ।
त्यस्तै, अर्काे मुद्दामा सम्सी गाउँपालिका तत्कालिन अध्यक्ष शेख फारुकसहित १० जनाले पनि सफाइ पाएका छन् । सडक निर्माणमा अनियमितताको अभियोग गत २७ फागुनमा दर्ता भएको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया