NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ९ गते

शिक्षालाई कक्षाकोठाको दायराभन्दा पर लैजान यसकारण आवश्यक छ

काठमाडौं । सानै उमेरबाट शिक्षा कक्षाकोठामा मात्र सिमित हुन्छ भन्ने सोचबाट टाढै रहे भारतका मनिष जैन । उनलाई स्कुलभित्रको पढाइले जति उकुसमुकुस पाथ्र्यो, बाहिर प्रकृतिसँगको सिकाइले भने धेरेभन्दा धेरै स्फूर्ति दिन्थ्यो । उनी कक्षाकोठाको सिकाइभन्दा बाहिरको सिकाइमा बढी मान्यता राख्थ्थे । त्यसैले सानैबाट उनी कक्षाकोठा भन्दा बाहिर सिकाइ हुने क्रियाकलापमा धेरै सहभागी हुन्थे ।

उनको बुझाईमा विद्यालय एक प्रकारको फ्याक्ट्रि प्रणालीमा आधारित छ । कक्षाकोठा भन्दा बाहिर पनि सिकाइको दायर फराकिलो हुनुपर्ने सोंचलाई संस्थागत गर्न उनले शिक्षान्तर आन्दोलन नै सुरु गरे । डिग्रीलाई कागजको टुक्रा मान्ने जैन व्यक्तिलाई डिग्रीभन्दा बढी सीपको आवश्यक हुने तर्क गर्छन् ।

बच्चालाई संगीतप्रति रुची छ भने उसलाई गणित र अर्थशास्त्र विषयको ज्ञान आवश्यक नहुने उनको बुझाइ छ । ‘८० प्रतिशत बालबालिका सैद्धान्तिक ज्ञानले भन्दा पनि जीवनको भोगाइ र आफ्नो कामबाट सिक्ने गर्छन्,’ उनले भने ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा शिक्षान्तर आन्दोलन एंव स्वाराज युर्निभसिटी एण्ड इकोभर्सिटिज एलाइन्सका सह-संस्थापक जैनसँग प्रस्तोता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले शिक्षाका विविध आयामबारे कुराकानी गरेका छन् ।

हेरौं कार्यक्रमको पूरा भिडियो :