नेपालको समावेशी शिक्षामा जिलेसनले देखेका चुनौती

काठमाडौं । नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुुँच हुने उल्लेख गरिएता पनि आम नागरिकको पहुुँचमा शिक्षा पुुग्न सकेकाे छैन् ।
अझ त्यसमा पनि समावेशी शिक्षाको अवस्था दयनीय नै ठान्छन् समावेशी शिक्षाका जानकार जिलेसन शाह । संविधानले समावेशी शिक्षालाई प्राथमिकताका साथ उल्लेख गरेकाे छ । तर यथार्थमा याे ओझेलमा परेको उनको बुुझाइ छ ।
‘जो अशक्त छ उनीहरुलाई पनि एउटै कक्षामा राखेर शिक्षा दिनुपर्ने हो’ नेपालवाचको कार्यक्रम एजुुकेसन डायलगमा उनले भने, ‘हिजोआज धेरै विद्यालयमा मेरो कक्षाकोठामा सबैलाई एउटै व्यवहार छ भन्ने गरे पनि उहाँहरुको त्यो भनाइ गफ मात्रै भएको देखिन्छ’ ।
समावेशी शिक्षाको नीति आए पनि कक्षाकोठामा त्यसको कार्यान्वयन भएको पाउँदैनन् उनी । ‘म काठमाडौं विश्वविद्यालयको चार तल्लामाथिको कक्षाकोठामा गएर पढाउँछुु । शिक्षक साथीहरुले मलाई, सरलाई त कति गाह्रो छ है भनेर भन्नुुहुुन्छ मेरो उत्तर उहाँहरुलाई गाह्रो त छदै्छ सकुुनजेल पढाउँछुु भन्ने हुुन्छ तर यदि चौथो तल्लाको कक्षालाई पहिलो तल्लामा झारिदिँदा याे समस्या नै समाधान हुुन्छ’ एजुुकेसन डायलगमा उनले आफ्नै अनुुभव साट्दै भने ।
काठमाडौं विश्वविद्यालले अशक्तमैत्री भवन वा शौचालय बनाउने काम अघि बढाउँदै छ । यो प्रयास अन्य विश्वविद्यालयले पनि गर्दा यसले शारीरीक अशक्तता भएका व्यक्तिलाई अझ बढी सहज हुुने उनले बताए ।
एजुुकेसन डायलगको नयाँ अंकमा हामीले शाहसँग उनको व्यक्तिगत भोगाइ, चुुनौती तथा समावेशी शिक्षाका विविध आयाममाथि छलफल गरेका छौं । छलफलको पुुरा भिडियो हेर्न तलको लिंकमा जानुुहोस् :
प्रतिक्रिया