होमवर्क नगरेको भनेर बिद्यार्थीलाई कुट्ने शिक्षक पक्राउ

पोखरा । होमवर्क नगरेको भनेर बिद्यार्थीलाई कुट्ने शिक्षक पक्राउ परेका छन् । पोखरा–३२ स्थित यूनिभर्सल इंलिस बोर्डिङ स्कुलका शिक्षक सुदीप अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
बिद्यालयको पाँच कक्षामा अध्ययनरत बिद्यार्थीलाई उनले होमवर्क नगरेको र अक्षर राम्रो नभएको भन्दै लठ्ठीले शरिरको पछाडीको भागमा कुटेका थिए । अभिभावकको उजुरीका आधारमा शिक्षक अधिकारीलाई पक्राउ गरी बालबालिकासम्बन्धि कसुरमा कारबाही अघि बढाइएको डिएसपी बसन्त शर्माले जानकारी दिए ।
प्रतिक्रिया