NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

के हो क्लोजआउट ? कारबाहीमा पर्नबाट यसरी बच्नुस्

काठमाडाैं । सेयर लगानीकर्ताले सामान्यभन्दा सामान्य कुरामा ध्यान नपु¥याउँदा ठूलो घाटा व्योहोर्नुपर्ने हुन्छ । जान/अञ्जान र आफ्नै हेलचक्राईँले गर्दा लगानीकर्ताले जरिवानासमेत तिर्नुपर्ने हुन्छ । यसैमध्येको एक हो क्लोजआउट ।

धितोपत्र कारोबारको राफसाफ तथा पछ्र्यौट विनियमाली, २०६९ अनुसार सेयर बिक्रेताले आफूले बिक्री गरेको सेयर समयमै ईडीआईएस (ट्रान्सफर) गर्नुपर्ने हुन्छ । यदि समयमै सेयर ट्रान्सफर नगरे क्लोजआउटमा परिन्छ । कुनै सेयर राफसाफ समयमै बुझाउन सकेन भने त्यसको २० प्रतिशत पेनाल्टी क्लोजआउटवापत् तिनुपर्ने हुन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८०/०८१ को वैशाखसम्ममा २७ करोड ३२ लाख ९४ हजार ९४१ रुपैयाँ मूल्य बराबरको सेयर क्लोजआउटमा पर्दा लगानीकर्ताले ५ करोड ४६ लाख ५८ हजार पेनाल्टी (जरिवना) तिरेका छन् ।

विगतका तुलनामा पछिल्लो समय क्लोजआउटमा परी जरिवाना तिर्ने लगानीकर्ताहरुको संख्यामा कमी देखिन्छ । सिडिएसको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा समयमै इडिआइस नगर्दा लगानीकर्ताले १५ करोड ३५ लाख ३८ हजार रुपैयाँ पेनाल्टी तिरेकोमा आव ०७८/०७९ मा सो रकम घटेर ९ करोढ ७८ लाख ९४ हजार रुपैयाँ तिरेको देखिन्छ । त्यस्तै आव ०७९/०८० मा लगानीकर्ताले ४ करोड १७ करोड रुपैयाँ पेनाल्टी तिरेका छन् ।

बिक्रेताले आफ्नो टिएमएस सिस्टममा कति सेयर छ भन्ने हेक्का नराखी सेयर बिक्री गर्दा क्लोजआउटमा पर्न गरिन्छ । आफूसँग नभएको सेयर बिक्री गर्दा इडिआइएस गर्न नमिल्ने र त्यसपछि क्लोजआउटमा पर्ने सिडिएसका उप-प्रवन्धक योगराज जोशी बताउछन् ।

पूरानाभन्दा नयाँ लगानीकर्ताहरुलाई बिक्रीपछि इडिआइस गर्नुपर्छ भन्ने जानकारी नहुँदा बढीजसो नयाँ लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको जोशीको भनाइ छ ।

धितोपत्र कारोबारको राफसाफ तथा पछ्र्यौट विनियमालीमा क्लोजआउटबारे स्पष्टसँग व्याख्या गरिएको छ । उक्त विनियमालीको परिच्छेद ४ को १९ र २०  मा यसबारे व्याखा गरिएको छ । जसअनुसार सिडिएएसले नै क्लोजआउट गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपप्रबन्धक जोशीका अनुसार क्लोजआउटको समस्या समाधानको लागि अक्सन मार्केट चाहिने र त्यसको सेटलमेन्टको लागि विनियम संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ ।

क्लोजआउटमा पर्नबाट जोगिनका लागि लगानीकर्ताले समयमै इडिआइस गर्नेदेखि लिएर आफ्नो टिएमएसमा भएका सेयरबारे एकिन हुने, खाताको अवस्था जाँच गर्नेदेखि लिएर नियमित कारोबार गर्ने लगानीकर्ताले मैले कति कित्ता बेचे, कति बेच्न बाँकी छ त्यसको डाटा इन्ट्याक्ट राख्नुपर्ने सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी बताउछन् ।

लगानीकर्तामा सेयर किनबेच र यसका प्रक्रियासम्बन्धी वित्तिय ज्ञान नभएसम्म क्लोजआउटको समस्या समाधान नहुने र यसका लागि वित्तिय साक्षरता आवश्यकता औल्याउछन् गिरी ।

पुँजी बजारमा लगानीकर्ताले पछिल्लो समय व्यापक रुपमा गुनासो गर्दै आइरहेको विषय समयमै सेयर बेचेको पैसा खातामा नआउनु हो । यसका विभिन्न कारणहरु रहेको कार्यकारी अध्यक्ष गिरीको भनाइ छ ।

प्राविधिक रुपमा बायर (क्रेता) बाट समयमै पैसा नआइदिँदा, कहिँलेकहीँ लगानीकर्ताको खातामा पैसा जम्मा गर्न खोज्दा खाता अपडेट भइरहेको कारणले गर्दा पनि यस्तो समस्या सिर्जना भएको गिरी बताउँछन् ।

कार्यकारी अध्यक्ष गिरी यो समस्या समाधानको लागि १०० प्रतिशत क्यास मार्केर्ट र छुट्टै मार्जिन मार्केट बनाउन सक्नुपर्ने विचार राख्छन् ।

क्लोजआट के हो, क्लोजआउटमा परेपछि जरिवना के हुन्छ, क्लोजआउटबाट बच्न के गर्नुपर्छलगायत विषयमा केन्द्रित रहेर  सेक्युर्यड सेक्युरेटिजका कार्यकारी अध्यक्ष सन्तोष मैनालीसँग नेपाल धितोपत्र बोर्डका पूर्व निर्देशक निरज गिरीले गरेको छलफलको पूरा अंश तलका भिडियोमा हेर्नुहोस् :